Butwal Today

भक्तपुरमा बाबुछोराको हत्यामा एक जना पक्राउ

९ पुष २०८१, मंगलवार
अ+
अ-

 काठमाडौं ।

भक्तपुरको सूर्यविनायक नगरपालिका-२, बालकोटमा बाबुछोरा मृत भेटिएको प्रकरणमा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको छ।

हुलाक कार्यालयका कर्मचारी कुलप्रसाद आचार्य र उनका छोरा प्रवीणको हत्या प्रकरणमा अनुसन्धान गरिरहेको प्रहरीले जेठा छोरालाई पक्राउ गरेको छ। पक्राउ परेका उनलाई महाराजगञ्जबाट गिरफ्तार गरिएको हो।

सूत्रका अनुसार, उनले हत्यामा आफ्नो संलग्नता स्वीकार गरेका छन्।