Butwal Today

चन्द्रागिरि नगरपालिका वडाध्यक्ष महर्जन सहकारी ठगीमा पक्राउ

८ पुष २०८१, सोमबार
अ+
अ-

 काठमाडौं, ८ पुस।

चन्द्रागिरि नगरपालिका–१२ का वडाध्यक्ष न्हुच्छेबहादुर महर्जन सहकारी ठगीको आरोपमा पक्राउ परेका छन्। उनलाई काठमाडौंको ठमेलस्थित हरियाली बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना गरेको आरोपमा प्रहरीले गिरफ्तार गरेको हो।

प्रहरी वृत्त सोह्रखुट्टेको टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले जानकारी दिए। महर्जनमाथि सहकारी संस्थाबाट आर्थिक अनियमितता गरेर रकम हिनामिना गरेको आरोप लागेको छ।

यो घटनासँग सम्बन्धित थप अनुसन्धान जारी रहेको र महर्जनविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।