ट्रेंडिंग:

>> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की

‘सास्कृतिक पक्ष’ मेलाको मुख्य आर्कषण बनेको छ ।

८ पुष २०८१, सोमबार
८ पुष २०८१, सोमबार

बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा जारी औद्योगिक व्यापार मेला बुटवल २०८१ को मुख्य आर्कषणका रुपमा सास्कृतिक कार्यक्रम हो । दर्शक भुल्ने र रमाउने सास्कृतिक समितिको कस्तो छ तयारी भन्ने विषयमा सास्कृतिक समितिका संयोजक निर्मित कसजूसंग बुटवलटुडेका सहसम्पादक स्वस्तिक श्रेष्ठले गरेको कुराकानीको अंश ।

मेलाको सास्कृतिक कार्यक्रममा दर्शकले के पाउछ ?

यस अघिका मेलामा भन्दा यसपटक पृथक कार्यक्रमहरुलाई समेटेका छौ । मेलामा रहेका सुचनामुलक, प्रचारमुलक दर्शकको माग र चाहनालाई मध्येनजर गरेर स्थानिय कलाकार, ब्याडहरुलाई प्रमोट गर्ने, विद्यालयस्तरका बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि लोकदोहोरी, नृत्य, गायन, हास्य विधामा प्रतियोगिताहरु आयोजना गरेका छौ । मेला अवधिभर लोक दोहोरी प्रतियोगिता, भ्वाईस अफ बुटवल, विद्यालय स्तरीय लोक दोहोरी प्रतियोगिता, माध्यमिक विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, भजन चुट्का प्रतियोगिता, हास्यव्यङ्ग्य प्रतियोगिता, व्युटी फेयर, टिकटक लगायतका धेरै प्रतियोगिताका साथमा कलाकारहरुको रोमान्चक प्रस्तुती रहेको छ । ‘हास्छ बुटवल’ लाफटर च्यालेन्ज प्रतियोगिता यसपटक नया र फरक स्वाद हो ।

राष्ट्रिय र स्थानिय कलाकारलाई स्टेजमा ब्यवस्थापन कसरी गर्नुभएको छ ?

हामीले कलाकारहरुलाई बढीभन्दा बढी स्टेजमा प्रस्तुति दिने ब्यवस्था गरेका छौ । समितिमा रहेर विभिन्न उपसमितिहरु समेत गठन गरि जिम्मेवारी बाडफाड भएको छ । मुख्य आर्कषकको रुपमा दिपक बज्राचार्यको ब्याड, प्रकाश दुतराज, शान्तिश्री परियार, पशुपति शर्मा, शान्तारानी परियार, एलिना चौहान, समिक्षा अधिकारी, अस्मिता अधिकारी, महेश काफले, चन्द्र शर्मा, गिता थापा, श्याम राना, बद्री पंगेनीका साथमा सात वटा चर्चित ब्याडहरु प्रस्तुती फरकफरक दिनमा गरेका छौ । हरेक दिन मेलामा आउने र रमाउने गरि दर्शकलाई कलाकारहरुको प्रस्तुति राखेका छौ ।

चाडपर्व लक्षित विशेष कार्यक्रम पनि छन की ?
हामीले मेला अवधिमा विभिन्न सास्कृतिक चाडपर्वलाई जोडेर कार्यक्रमहरु राखेको छौ । अझ सबैभन्दा महत्वपूर्ण भनेको गुरुङ जातीहरुको ल्होसार पर्वलाई मध्येनजर गरि सास्कृतिक प्रस्तुति राखेको छौ । साझ ल्होसारको दिन चाईनिज ल्याम्प उडाएर विश्व शान्तिको कामना गरि विशेष दीप प्रज्वलन गरि मनाउने तयारी छ । मेलामा नै बढीभन्दा बढी दर्शक भित्राएर नया वर्ष स्वागत गरि मनाउने गरि भब्य कार्यक्रम हुने छ ।

मेला उदयमान प्रतिभाहरुलाई प्लेटफर्मका रुपमा चिनिन्छ, यसपटक के हुदैछ ?

पक्कै पनि बुटवलमा हुने मेला नया र प्रतिभावान युवाहरुलाई प्लेटफर्म दिने रुपमा चिनिन्छ । यसवर्ष विद्यालयस्तरका बालबालिकाहरुको प्रतिभा प्रस्फुटनका लागि लोकदोहोरी, नृत्य, गायन, मावि स्तरीय लोकनृत्य प्रतियोगिता हुदैछ । मेलामा छाप नै बनेको भ्वाईस अफ बुटवल, लोक दोहोरी प्रतियोगिता त हुने नै भयो । यसबाहेक यसपटक नया र नौलो ‘हास्छ बुटवल’ लाफटर च्यालेन्ज प्रतियोगिता गर्दैछौ । साथमा नेपाली संस्कृति जर्गेना हुने गरि भजन चुट्का प्रतियोगिता समेत भएका छन ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?