© २०२३
बुटवल, ८ पुस । बुटवलमा जारी औद्योगिक व्यापार मेला बुटवल २०८१ को सास्कृतिक समिति अन्तरगत आईतबार साझ भएको विद्यालय स्तरीय लोकदोहोरी गित प्रतियोगितामा कालिका मानव ज्ञान माध्यमिक विद्यालयको समुह प्रथम भएको छ । फाईनल प्रतिस्पर्धामा जगन्नाथ माध्यमिक विद्यालय सुनवलको समुहलाई पछि पार्दै कालिका मानव ज्ञानको समुह प्रथम भएको हो ।
प्रतियोगितामा प्रथम स्थान हासिल गरेको कालिका मानव ज्ञान माध्यमिक विद्यालयको समुह नगद १५ हजार रुपैंया, मायाको चिनो, प्रमाणपत्रबाट पुरस्कृत भयो । द्वितीय हुने जगन्नाथ माध्यमिक विद्यालयको समुह नगद १० हजार, प्रमाणपत्रमा चित्त बुझायो । बुटवलको न्यू होराईजन तृतीय हुदै नगद ५ हजार र सान्त्वना एपेक्सको समुहलाई नगद ३ हजार रुपैंयासहित प्रमाणपत्रबाट पुरस्कृत भयो । प्रतियोगितामा १२ विद्यालय सहभागी भएका थिए ।
आईतबार नै भएको भजन चुट्का प्रतियोगिताको फाईनलमा राष्ट्रिय लोक भजन चुट्का संरक्षण प्रतिष्ठान पाल्पा (नारी समुह) प्रथम भएको छ । पाल्पाको नारी समुहले नगद २० हजार रुपैंया, प्रमाणपत्रबाट पुरस्कृत भयो । प्रतियोगितामा ताली भजन किर्तन समुह सैनामैना द्वितीय हुदै नगद १२ हजार, राष्ट्रिय लोक भजन चुट्का प्रतिष्ठान सुनवल तृतीय हुदै नगद ८ हजार र आकाशदेवी भजन समुह सैनामैना सान्त्वना हुदै नगद ५ हजार रुपैंया, प्रमाणपत्रबाट पुरस्कृत भएको सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजूले बताए ।