ट्रेंडिंग:

>> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ?

लुम्बिनीमा धार्मिक गतिविधि बढाउ

८ पुष २०८१, सोमबार
८ पुष २०८१, सोमबार

बुद्धजन्मस्थल लुम्बिनीमा नोभेम्बर महिनामा मात्रै सवा दुईलाख पर्यटकको आगमनले पर्यटन व्यवसायीलाई हर्षित बनाएको छ । लुम्बिनी विकास कोषका अनुसार लुम्बिनी भ्रमण गर्ने पर्यटकमा १ लाख ६९ हजार ५७५ जना आन्तरिक पर्यटक र ३२ हजार ४३८ भारतीय तथा १८ हजार ५३९ तेस्रो मुलुकका पर्यटक छन । लुम्बिनीमा पछिल्लोसमय बौद्ध भिक्षु र गुरुहरूको विशेष चहलपहल छ । विशेषगरी अहिले भिक्षु र बुद्ध अनुयायीहरूको आगमनले लुम्बिनी शोभायमान वनेको छ । लुम्बिनीका होटल व्यवसायीले नोभेम्बरमा हजार बुद्ध मन्दिर पूजा र शाक्य मोन्लम पुजाको कारण चहलहपल बढेको बताउँदै यसै प्रकारको धार्मिक र सांस्कृतिक कार्यक्रम लुम्बिनीमा निरन्तर हुनुपर्ने माग गरेका छन् । लुम्बिनीमा धार्मिक गतिविधि भएमा यहाँको पर्यटकीय र आर्थिक गतिविधि बढ्ने देखिन्छ । लाखौं बौद्ध अनुयायीको आस्थाको केन्द्र लुम्बिनीमा धार्मिक गतिविधि बढ्दै गर्दा लुम्बिनीको पर्यटन व्यवसायमात्रै होइन, देशकै पर्यटन व्यवसायमा सकारात्मक प्रभाव पर्दछ । लुम्बिनीमा हालै मोन्लम पुजा भएको थियो । यो पुजा महायानी सम्प्रदायको ठूलो पूजा हो । १३ दिनसम्म लगातार चलेको पूजामा ४० भन्दा बढि देशका भिक्षु र बुद्ध अनुयायीहरू सहभागी भएका थिए । यसले लुम्बिनीमा पर्यटन क्षेत्रको प्रचार प्रसारमा ठूलो भूमिका खेलेको छ । यस्ता पूजा धेरै गर्न सकेमा लुम्बिनी र अन्य बुद्धस्थलको पर्यटन प्रवद्र्धनमा सघाउ पु¥याउने कुरामा बिमति छैन । लुम्बिनीमा मात्रै होइन, अहिले नेपालभरी नै विदेशी पर्यटक आगमन बढेको छ । पर्यटक आगमनले नेपालको अर्थतन्त्रलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ । यो नेपालका लागि अत्यन्त खुसीको कुरा हो । यसैगरी हरेक महिना पर्यटक बढ्ने हो भने यसले नेपालको अर्थतन्त्रमाथि उठाउन ठूलो भूमिका खेल्नेछ । नेपालका धार्मिक तथा ऐतिहासिक स्थलमा पर्यटक आगमनले स्थानीय जनताको आयआर्जनमा समेत ठूलो उत्साह बढाउने गर्दछ । अहिले हिमाल आरोहणको समय करिव करिव सकिन लागेको छ ।

त्यो अवस्थामा हिमाल आरोहणतर्फका पर्यटक लुम्बिनी आउने संभावना रहन्छ । लुम्बिनी विकास कोषले पर्यटक आकर्षित गर्ने नयाँ नयाँ योजना ल्याउने हो भने निश्चितरूपमा लुम्बिनीमा पर्यटक आगमन थामिनसक्नु हुन्छ तर विडम्वना लुम्बिनी विकास कोषले पर्यटक आकर्षित गर्ने टुर प्याकेज सहितका कार्यक्रम ल्याउन वेवास्ता गर्दै आएको छ । नेपालको पर्यटन बजारले कूल राष्ट्रिय गार्हस्थ्य उत्पादनमा १५ प्रतिशत बढीको योगदान दिन्छ । त्यो हिसावले पर्यटन क्षेत्र राष्ट्रिय आम्दानीको मुख्य स्रोत पनि हो । लुम्विनीसंगै देशका अन्य क्षेत्रमा रहेका पर्यटकीय गन्तब्यमा समेत अहिले पर्यटकको आगमन बढेको छ । त्यसबाट नीजि क्षेत्रपनि उत्साहित वनेको छ र विस्तारै पर्यटनसंगै अन्य क्षेत्रपनि आफ्नो गतिमा आउने आधार सिर्जना भैरहेको छ ।
पर्यटन क्षेत्रको चहलपहल बृद्धिमा सवैभन्दा महत्वपूर्ण हात नेपाल सरकारकै रहन्छ । नेपाल सरकारले पर्यटन क्षेत्रको श्रीबृद्धिका लागि नयाँ नयाँ योजना बनाउन ढिलाई गर्नुहुँदैन । देशको आर्थिक अवस्था सुधारमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेकोले सरकारले पर्यटन क्षेत्रलाई अघि बढाउने बिषयमा चासो दिनु जरुरी छ । अहिले जसरी लुम्विनीको पर्यटन क्षेत्रले आशा जगाएको छ, त्यो अवस्था सवैतिर हुनुपर्दछ भन्ने हो । पर्यटन क्षेत्रलाई चलायमान बनाउन सकेमा मात्रै देशको आर्थिक क्षेत्र माथि उठ्ने संभावना रहन्छ । तसर्थ सरकारले लुम्विनीसंगै नेपालको समग्र पर्यटन क्षेत्रलाई आकर्षित गर्न स्थानीय स्तरमै ठोस प्याकेज ल्याउनुपर्छ । लुम्बिनीमा अहिले भएको पुजामा जसरी ४० बढी देशका भिक्षु र बौद्धमार्गी आएका छन, त्यो वातावरण आगामी दिनमा पनि हुनुपर्दछ । त्यसका लागि लुम्बिनी विकास कोष र लुम्बिनीका पर्यटन व्यवसायीको ध्यान जाओस् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?