Butwal Today

रास्वपाले बोलायो आकस्मिक सचिवालय बैठक

८ पुष २०८१, सोमबार
अ+
अ-

काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

सभापति रवि लामिछानेविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भएपछि रास्वपाले सचिवालय बैठक बोलाएको छ।

बैठक दिउँसो ४ बजेका लागि बोलाईएको छ ।

उपसभापति डीपी अर्यालका अनुसार आजको बैठकमा बैठकमा सभापतिविरुद्व अघि बढेको मुद्दा र पार्टीको आगामी रणनीतिको विषयमा छलफल हुने जनाइएको छ।

सरकारी वकिल कार्यालय, कास्कीले रबि माथी सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ वटा मुद्दा दर्ता गरेको छ ।