© २०२३
काठमाडौं, ८ पुस।
नेपाल ओलम्पिक कमिटीको कार्यालयमा सातदोबाटो, ललितपुरमा प्रहरी परिचालन गरिएको छ।
राष्ट्रिय खेलकुद परिषद (राखेप) ले खेलकुद मन्त्रालयलाई पत्र पठाएर ओलम्पिक कमिटीमा गैरकानुनी रूपमा चुनाव हुन लागेको भन्दै कारवाही मागेको थियो।
खेलकुद मन्त्रालयले गृहमन्त्रालयलाई पत्र पठाउँदै चुनाव रोक्न र सुरक्षा व्यवस्था सुनिश्चित गर्न आग्रह गरेको थियो।
गृह मन्त्रालयको निर्देशनपछि ललितपुर जिल्ला प्रहरी परिसरले प्रहरी टोली परिचालन गरेको हो।
ललितपुरका एसएसपी शेखर खनाल का अनुसार, अहिलेसम्म स्थिति सामान्य रहेको बताइएको छ।
१३ पुसमा हुने ओलम्पिक कमिटीको चुनावको लागि आज मनोनयन दर्ता गर्ने प्रक्रिया शुरु भएको थियो।