Butwal Today

भरूवा बन्दुकसहित दुई जना पक्राउ

८ पुष २०८१, सोमबार
अ+
अ-

सुनसरी ।

बराहक्षेत्र नगरपालिका-१ तल्लो बगुवा टोलबाट ३ नाल भरूवा बन्दुक सहित २ जनालाई  गए राति प्रहरीले पक्राउ गरेको  छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४४ वर्षीय मन बहादुर राई र ४२ वर्षीय राजेन्द्र राई रहेका छन् । इलाका प्रहरी कार्यालय महेन्द्रनगर र इलाका प्रहरी कार्यालय चतराबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने ४० वर्षीय सुमन राईको भान्सा घरबाट उनीहरूलाई उक्त बन्दुक सहित फेला पारी पक्राउ गरेको हो ।

प्रहरीले हाल फरार सुमनको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।