ट्रेंडिंग:

>> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य >> राप्रपाकी सांसद कञ्चन बिच्छालाई पदमुक्त नगर्न सर्वोच्चको आदेश >> विराटनगरले सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै >> यी हुन् मन्त्रिपरिषद्ले लिएका १८ निर्णयहरू (सूचीसहित) >> टीओबी समूहका तेन्जिन विरुद्ध लागुऔषध र फर्जी नागरिकतासम्मको मुद्दा दर्ता >> शाहको एकल सिफारिसमा इतर पक्षको आपत्ति >> २०४६ यताको सबै उच्च पदस्थको सम्पत्ति छानबिन गरिनुपर्छ: प्रचण्ड >> पञ्चाङ्ग निर्णायक समितिको कार्यकारी निर्देशकमा अर्घाखाँचीका पन्थी नियुक्त >> देउवा डडेलधुराबाट अन्तिम पटक प्रतिनिधिसभा चुनाव लड्ने >> अपडेट : थाइल्यान्ड–क्याम्बोडिया सीमामा गोलाबारी, ७ जनाको मृत्यु >> राष्ट्रिय झन्डासहित राप्रपाका नेता कार्यकर्ता सडकमा >> सुस्ता अस्पताल शिलान्यास  >> निर्णय नगर्ने प्रवृत्ति नै देश विकासको मुख्य बाधक हो : मन्त्री घिसिङ >> देशभरका भन्सार कार्यालय आजदेखि ठप्प >> सुशासनका पक्षमा काम गर्दा आएका धम्कीबाट डराउँदैनौं : प्रधानमन्त्री कार्की

सहकारी ठगीमा छविको बयान- सम्पूर्ण कार्य जीबी र रविबाट भएको हो

७ पुष २०८१, आइतबार
७ पुष २०८१, आइतबार

काठमाडौँ ।

सूर्यदर्शन सहकारी ठगीसँगै विभिन्न कसुरका प्रतिवादी बनाइएका नेपाल प्रहरीका पूर्व डीआईजी छविलाल बन्जाडे जोशीले अन्य प्रतिवादीहरूलाई समेत पोलेर बयान दिएका छन्।

अभियोग पत्र साथ अदालतमा पेश गरिएको बयानमा उनले सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गरिएको विषयमा जीबी भन्ने गितेन्द्र बाबु राई र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेकै योजना भएको बताएका छन्।

सहकारीबाट रकम ल्याउँदा पनि उनीसहित तीन जनाले नै केवाईसी फारम भरेको र सम्पूर्ण कारोबार रवि र जीबीलाई थाहा हुने बताएका छन्।

यस्तो छ छविको कयान
म २०७७ सालमा नेचर हर्बस इन्टरनेसनल प्रालिमा १० प्रतिशत सेयर लिई डाइरेक्टर रहेकोमा सो सेयर गितेन्द्र बाबु राई मार्फत रामबहादुर खनाललाई हस्तान्तरण गरेँ।

कूल ५ करोड रुपैयाँको चुक्ता पुँजी राखी म र गितेन्द्र बाबु राईको ५०/५० प्रतिशत सेयर लगानी देखाई गोर्खा मिडिया नेटवर्क प्रालिको सेयरहोल्डर र सञ्चालक सदस्यको रुपमा करिब १ वर्ष पछि अलग भएको हुँ।

गितेन्द्र बाबु राई, रवि लामिछाने र मैले आवश्यक कागजातहरू पेश गरी केवाईसी समेत भरेर हामी तीनजना मध्ये कुनै एकको हस्ताक्षरबाट खाता सञ्चालन हुनेगरी ग्लोबल आईएमई बैंकमा ००४०१०१००००५७७ नम्बरको खाता खोल्यौँ।

खाताबाट भएको सम्पूर्ण कारोबारको सम्बन्धमा जानकारी गितेन्द्र बाबु राई र रवि लामिछानेलाई थाहा होला।

टीभी सञ्चालनमा आएपछि आवश्यक रकम जुटाउने, सामान तथा कर्मचारी र पत्रकारहरूको छनौट, नियुक्ती, तलबको मापन लगायतको सम्पूर्ण कार्य निजहरूबाटै भएको हो।

सूर्यदर्शन लगायत कुनै पनि सहकारी संस्थाहरूबाट गोर्खा मिडियाको खातामा जम्मा भएको रकम खर्च गर्ने कार्य रवि लामिछानेसँग सम्बन्धित हुन्थ्यो र निजकै हस्ताक्षरबाट चेक काटिन्थ्यो।

गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट मिति २०७७।१२।०३ देखि मिति २०७८।१०।०६ गतेसम्म जम्मा ५ करोड ५८ लाख ९ हजार २७१ रुपैयाँ ७६ पैसा आएको भन्ने कुरा अहिले थाहा पाएको हुँ। को कसले के कसरी रकम ल्याए मलाई थाहा भएन।

नेचर हर्वस इन्टरनेसनल प्राईभेट लिमिटेडले मेरो पत्नी पद्मा बन्जाडे जोशीको नाममा रहेको घर आर्थिक वर्ष २०७६/०७७ बाट मासिक निश्चित रकम लिने गरी सम्झौता बमोजिम भाडामा लिएको हो।

राम बहादुर खनाल प्रहरी कर्मचारी रहेको कारण निजसँग म प्रहरी सेवामा रहँदाको क्रममा चिनजान परिचय भएको बाहेक अन्य केही छैन। म नेचर हर्ब्स इन्टरनेसनल प्राइभेट लिमिटेडको सेयर सदस्य भएपछि सोही कम्पनीको प्रतिनिधित्व गरी नेपाल डाइरेट सेलिङ एसोसियसनको अध्यक्ष भए बापत मासिक रुपमा लिने रकम तथा तथा बा २३ च ३१३१ नम्बरको पजेरो स्पोर्ट गाडी छोरा रोचक जोशीको नाउँमा ९५ लाख ८५ हजार ६१४ रुपैयाँ आन्तरिक लेखा परीक्षक मिलाउन देखाएको र उक्त रकममा लाग्ने १३ प्रतिशत भ्याट सहित जोडेर एक करोड ८ लाख ३१ हजार ७४३ रुपैयाँमा मिति २०७९।१२।१७ गते सो गाडी खरिद गरेको हुँ।

सो कम्पनीमा म र लक्ष्मी प्रसाद पौडेलको हस्ताक्षरबाट विभिन्न व्यक्तिहरू वा कम्पनीको नाउँमा चेक काटिएको रहेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?