Butwal Today

रोल्पाको होलेरीमा एमबिबिएस चिकित्सकद्वारा स्वास्थ्य सेवा शुरु

७ पुष २०८१, आइतबार
अ+
अ-

दाङ,७ पुस ।

रोल्पामा रहेको होलेरी स्वास्थ्य केन्द्रमा दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा एमबिबिएस चिकित्सक राखेर उपचार सेवा सुरु गरेको छ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबिबिएस चिकित्सक राखेर बिरामीको उपचार सेवा सुरु गरेको हो । प्रतिष्ठानले आज देखि होलेरी स्वास्थ्य केन्द्रमा चिकित्सक खटाएको छ । रुन्टीगढी गाउँपालिका र प्रतिष्ठानको सहकार्य शुभारम्भ कार्यक्रममा लुम्बिनी प्रदेशका पूर्व स्वास्थ्यमन्त्री मा। दीपेन्द्र पुन मगर, प्रतिष्ठानका रजिष्ट्रार प्रा। श्याम लम्साल, प्रतिष्ठानका निर्देशक डा। जनार्दन पन्थी, गाउँपालिका अध्यक्ष जनक पुन मगर, उपाध्यक्ष सरिता के। सी, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष चेतलाल खत्री लगायतको उपस्थितिमा सेवा शुभारम्भ भएको हो । गाउँघरमै स्वास्थ्य सुबिधा पाउने भए पछि स्थानीय खुशी भएका छन् । रोल्पाका बिरामी उपचारका लागि घोराही , तुलसीपुर वा नेपालगन्ज जानुपर्ने बाध्यता रहेको थियो ।