ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

धान उत्पादन बृद्धि, छैन प्रोत्साहन नीति

७ पुष २०८१, आइतबार
७ पुष २०८१, आइतबार

संघीय कृषि मन्त्रालयले जिल्लागत रूपमा ७७ वटै जिल्लाको आधिकारीक तथ्याँक सार्वजनिक नगरेपनि यो बर्ष धान उत्पादनमा बृद्धि भएको प्रक्षेपण गरेको छ । धान उत्पादनमा भएको बृद्धिले नेपालको आर्थिक क्षेत्रले थोरै भएपनि उत्साहित वनाएको छ । त्यसै त आर्थिक मन्दीको असर नेपालको सवै क्षेत्रमा परिरहँदा कृषि त्यसमा पनि धान उत्पादनमा बृद्धि हुँदा किसानलाई मात्रै होइन, सरकार समेत उत्साहित बन्ने अवस्था आएको छ । धान उत्पादनमा कमी आउँदा नेपालको कूल गार्हस्थ्य उत्पादनमा प्रभाव पर्दछ । त्यसैपनि बार्षिक ४० अर्बको चामल नेपालले भारतबाट आयात गर्नु परिरहेको छ । कृषिले कुल गार्हस्थ उत्पादनको ३३ प्रतिशत हिस्सा ओगटेको छ । यद्यपि सिँचाई संयन्त्र तथा सुविधाको अभाव, निरन्तरको बन्द र द्वन्द्वका कारण कृषि कार्यमा निरन्तर अवरोध, रासायनिक मल आपूर्तिमा कठिनाइ झेल्दै नेपालले कृषिमा अहिलेसम्म क्रान्ति गर्न सकेको छैन । कृषिमाथिको निर्भरता कम गर्दै औद्योगीकरण लगायत अन्य उत्पादन क्षेत्रलाई प्रोत्साहित गर्ने विभिन्न नेताहरूले समय समयमा दिएका अभिव्यक्तिले नीतिको रूप लिन सकेनन् र कृषिलाई अगाडि बढाउने जिम्मेवारी असंगठित रूपमै भएपनि किसानहरू स्वयंले वहन गर्दै आएका छन् । कृषि मन्त्रालयले तथ्याँक सार्वजनिक नगरेपनि नीजि क्षेत्रले यो वर्ष हालसम्मकै धेरै करिब ६० लाख मेट्रिक टन धान उत्पादन भएको बताएको छ । धान उत्पादनमा बृद्धि भएमामात्रै नेपालको पैसा विदेश नजाने परिस्थितिले नेपालको आर्थिक जीवनस्तरमा सुधार आउने अपेक्षा गर्न सकिन्छ । सरकारले कृषि क्षेत्रलाई अझैपनि कर्के आँखाले हेर्न छोडेको छैन । जुन पार्टीको सरकार आएपनि कृषिलाई पहिलो प्राथमिकता भन्न्े गरिएको छ तर वास्तविकता त्यो भन्दा फरक छ । किसानले मल नपाउने अवस्थाको अन्त्य हुन सकेको छैन । धान उत्पादनमा बृद्धिले हौसला बढाउँदै गर्दा समयमै मल र सिंचाईको व्यवस्था हुने हो भने नेपालले कृषिमा चमत्कार गर्ने निश्चित थियो । कृषिबाटै नेपालको सम्मृद्धिको सपना पूरा हुने कुरामा कुनै द्विविधा थिएन तर बिडम्वना जुन जोगी आएपनि कानै चिरेको भनेजस्तै सरकारमा भैरहने परिवर्तनले नेपाली जनताको कृषिमा आत्मनिर्भर बन्ने सपनामा तगारो उत्पन्न भैरहेको छ ।
सरकारले प्रोत्साहनको नीति लिने हो भने नेपालमा कृषिले सम्मृद्धिको ढोका खोल्न सक्छ भन्ने विगतदेखिकै उदाहरण काफी छ । धानमा मात्रै होइन नेपालले गहुँ, मकै, दलहन, तेलहन, कोदो लगायतका बालीमार्फत उत्पादन बृद्धि गरि तेश्रो देश निर्यात गर्न सक्छ । विगतको पञ्चायती व्यवस्थाको बेला नेपालले विदेशका विभिन्न देशमा अनिकाल पर्दा चामल र गहुँ निर्यात गरेर सहयोग गरेको इतिहास कदापि बिर्सन सकिदैन् । अवको दिनमा नेपालल भूगोल र जलवायु सुहाउँदा अन्य नगदे बाली प्रोत्साहित गर्ने नीति सरकारले अख्तियार गरेमा कृषिमा आत्मनिर्भर हुन समय लाग्ने छैन् । तर, त्यसका लागि सरकारको प्रतिवद्धता आवश्यक छ । सरकारले सिंचाईको प्रभावकारी व्यवस्था गर्नुपर्दछ । समयमै मल पाउने वातावरण तयार हुनुपर्दछ । अवको दिनमा कृषियोग्य भूमि संरक्षण गर्ने र उत्पादन बढाउने हो भने खेतीयोग्य जमिनलाई घडेरी बनाउने सरकारको नीतिमा परिवर्तन जरुरी छ । खेतीमै रमाउने कृषकहरूलाई सरकारले प्रोत्साहनको नीति लिनु जरुरी छ । उनीहरूलाई बीउपल, मल लगायतमा अनुदानमात्रै होइन, बैंकको ऋणमा समेत सहुलियत प्रदान गर्नुपर्दछ । नेपाललाई कृषि प्रधान मुलुक अझैपनि बनाउन सकिन्छ तर त्यसका लागि भाषणमा होइन यथ(ार्थमा देखाउनु जरुरी छ । बिडम्वना पहाडका खेत बाँझै भैरहेका छन् । पहाडबाट सहर तथा तराईमा बसाईसराई गर्ने क्रममा बृद्धि भएको छ । यो अवस्थामा अन्न भण्डार मानिने तराई कंक्रिट बन्ने र उर्बर पहाड उजाड बन्ने बाहेक केही हुँदैन् । अझैपनि सरकारको प्राथमिकता कृषिमा क्रान्ति गर्ने छ भने कृषिमा कायापलटको नीति ल्याउ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?