Butwal Today

छैठौं राष्ट्रपति रनिङशिल्डको उपाधि हसनापुर माविलाई

७ पुष २०८१, आइतबार
अ+
अ-

गैडहवा, ७ पुस ।
रुपन्देहीको गैडहवा गाउँपालिकामा जारी छैठौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगिताको उपाधि हसनापुर माध्यमिक विद्यालय हात पारेको छ । हसनापुर माध्यमिक विद्यालयले ९ स्वर्ण ८ रजत र ५ कास्य पदक सहित पहिलो भएको हो।

यस्तै निकै कडा प्रतिष्पर्धामा पोहवा माविले ६ स्वर्ण, ५ रजत र ३ कास्य पदक सहित दोस्रो भएको छ । यस्तै तेस्रो स्थानमा सुर्यपुरा माध्यमिक बिद्यालयले ४ स्वर्ण, ७ रजत र २ कास्य पदक सहित तेस्रो भएको थियोे ।

राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद भन्ने मुल नारा सहित उक्त कार्यक्रम आयोजना गरिएको पालिकाले बताएको छ ।

कार्यक्रममा गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले छैठौं राष्ट्रपति रनिङ शिल्डमा सहभागी सम्पूर्ण विद्यालय र बिद्यार्थीहरुलाई धन्यवाद दिदै खेलकुद अहिलेको समाजको प्रमुख पक्ष रहेको बताउँदै खेलकुदले युवाको दैनिक जीवनमा धेरै सकारामत्क भूमिका खेल्ने बताए ।

अध्यक्ष पौड्यालले बालबालिका र किशोरकिशोरी खेलकुदमा संलग्न हुँदा उनीहरूले धेरै फाइदाहरू लिन सक्ने हुँदा यसले शारीरिक विकाससहित विभिन्न मानसिक स्थितिमा मद्दत गर्ने र सानै उमेरमा मुख्य खेलकुद कौशल हासिल गर्नाले जवान भइसक्दा व्यक्ति परिपक्व हुने भएकोले खेलकुदमा, जित र हार सामान्य हो भन्ने अनुभवले भविष्यमा युवाहरूलाई जित–हारलाई सजिलैसँग सामना गर्न प्रोत्साहन गर्नु पर्नेमा जोड दिए ।

खेलकुदले उनीहरूलाई सानै उमेरमा जीवनमा सामना गर्नुपर्ने रणनीतिहरू विकास गर्न सहयोग गर्ने र त्यसैले उनीहरूले कठिन परिस्थितिलाई राम्ररी व्यवस्थापन गर्ने र अन्ततः खेलकुदको सकारात्मक प्रभावले युवाहरूको शरीर र दिमाग दुवैको विकासमा योगदान पु¥याउन हुँदा खेलकुद, संस्कृति र मनोरञ्जन बालबालिकाको जीवनको अभिन्न अंग रहेको हुँदा व्यायाम प्राप्त गर्न, नयाँ साथीहरू बनाउन र विभिन्न क्षेत्रहरूमा नयाँ क्षमताहरू प्राप्त गर्ने खेलकुद बिद्यार्थीको लागि अपरिहार्य रहेको र कार्यक्रम सफल बनाउन सहयोग गर्ने हुने वडाअध्यक्ष विद्यालय परिवार विभिन्न समिति उप समिति शिक्षक विद्यार्थी सुरक्षाकर्मी पत्रकार स्थानीय बुद्धिजीवी पौडेलले धन्यवाद दिए ।

कार्यक्रममा गैडहवा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले छैठौं राष्ट्रपति रनिङ शिल्ड सम्पन्न गरेकोमा धन्यवाद दिंदै खेलकुद, संस्कृति र मनोरञ्जन बालबालिकाको जीवनको अभिन्न अंग रहेको बताउँदै व्यायाम प्राप्त गर्न, नयाँ साथीहरू बनाउन र विभिन्न क्षेत्रहरूमा नयाँ क्षमताहरू प्राप्त गर्ने खेलकुद उत्कृष्ट तरिका रहेको बताउँदै अहिलेका कमी कमजोरीलाई सुधार गरी सातौं राष्ट्रपति रनिङ शिल्ड थप ब्यवस्थापनमा सम्पन्न गर्नुपर्नेमा जोड दिदै सहभागी विद्यार्थीलाई हार जित भन्दा पनि सहभागिता नै महान कार्य रहेको बताए ।

प्रतियोगितामा छात्र÷छात्रा दौड, एथलेटिक्स, कबड्डी र भलिबलमा सर्वोत्कृष्ट खेलाडीलाई ट्रफीले समेत सम्मानित गरिएको थियो ।

कार्यक्रममा गैडहवा गाउँपालिका शिक्षा शाखा प्रमुख माधवराज पौडेलले शिक्षा क्षेत्रमा सुधारको लागि जनप्रतिनिधि, कर्मचारी, स्थानीय बुद्धिजीवी एवम् सम्पूर्णको साथ सहयोग आवश्यक पर्ने बताए ।

कार्यक्रममा वडा न ५ अध्यक्ष बिजय कुमार शर्माले विद्यार्थीहरुलाई भविष्यको देशको नेता मानिने हुदा उनीहरुलाई उचित शिक्षा, जीवन कौशल र प्रशिक्षण दिनुपर्ने बताए ।

कार्यक्रममा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता संयोजक बिजकुमार चाई, जनकल्याण माध्यमिक बिद्यालयका प्राचार्य सञ्जय यादवलगायतले पनि बोलेका थिए । कार्यक्रममा २२ वटा सामुदायिक विद्यालय , १५ वटा संस्थागत बिद्यालय र ८ वटा धार्मिक विद्यालय अर्थात मदरसाको सहभागिता रहेको थियोे ।

कार्यक्रममा विद्यार्थीले मार्चपास समेत प्रस्तुत गरेका थिए । प्रथम हसनापुर मावि र द्वितीय पोहवा मावि, तृतीय नव दुर्गा मावि भएका थिए ।