Butwal Today

११ सयले बढ्यो सुनको मूल्य

७ पुष २०८१, आइतबार
अ+
अ-

काठमाडौं, ७ पुस ।

केही समय देखी घटदै आएको सुनको मूल्यमा आज बढेको छ ।गत शुक्रवारको तुलनामा आज १ हजार १ सय रुपैयाँले बढेको हो ।

आइतबार सुनको मुल्य १ लाख ४९ हजार ६ सय रुयैयाँमा कारोबार भइरहेको छ । यसअघि तोलामा एक लाख ४८ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य प्रतितोला एक हजार ७९० रुपैयाँ मूल्य कायम भएको छ ।