ट्रेंडिंग:

>> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै

शनिबार मेलामा भरिए दर्शक

७ पुष २०८१, आइतबार
७ पुष २०८१, आइतबार

बुटवल, ७ पुस।
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवल मण्डपमा जारी औद्योगिक व्यापार मेलाको तेस्रो दिन शनिबार उल्लेख्य दर्शक तथा अवलोकनकर्ताको सहभागिता रहेको छ । मेलाको चौथोदिनसम्म आईपुग्दा दर्शक तथा अवलोकनकर्ताको संख्या उल्लेख्य बृद्धि भएको आयोजक बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका अध्यक्ष हरिप्रसाद अर्यालले जानकारी दिए ।उनले अनुसार दर्शकको उत्साहजनक सहभागिताले मेलामा छुट्टै रौनक आएको छ ।
शनिबार मात्रै करिब ३५ हजार दर्शकले मेलाको अवलोकन गर्नुका साथै सांगितिक प्रस्तुतीमा रमाएको बुटवल उद्योग बाणिज्य संघ रूपन्देहीका महासचिब तथा मेलाका प्रवक्ता मुक्तिप्रसाद अधिकारीले जानकारी दिए । मेला सचिवालयका अनुसार हालसम्म १ लाख दर्शकले मेलाको अवलोकन गरिसकेका छन् । त्यस्तै मेलामा शनिबार मात्रै करिब डेढ करोड बराबरको कारोबार भएको अनुमान गरिएको संघका बाणिज्य उपाध्यक्ष बिमलराज भट्टराईले बताए । शनिबार लोक तथा दोहोरी गायक पशुपती शर्माले दर्शकलाई नचाए । गायक शर्माले ‘…काम पाईएन डिग्रिपास गरेर’, स्याङ्जा जाने बाटैमा तनहु, झमझम दर्कियो पानी, क्याम्पस पढ्न आउनी, लगायतका गित गाएका थिए । उनले गित गाईरहँदा दर्शक विर्घाबाट पाएको साथले उत्साहित भएका थिए । त्यस्तै आयोजकलाई पनि उत्साहित बनाएका थिए । शनिबार पशुपती शर्मा सहित दोहोरी गायक प्रचण्ड जिसी, चेतना थापा, रितु थापा, डान्सर परि क्षेत्री संगै स्थानीय अरोक्ष ब्राण्डको प्रस्तुती रहेको थियो ।
मेलामा आइतबार (भोली) पुस्कल शर्मा, प्रकाशराज दुधराज, रेनु राना, लक्ष्मी बस्नेत, उज्वल गिरी, मिसन मगर, डान्सर अश्मी सुनाम लगायतका कलाकारहरूको प्रस्तुती रहने सांस्कृतिक कार्यक्रम संयोजक निर्मित कसजुले जानकारी जानकारी दिए । मेलामा शनिबार भजन चट्का प्रतियोगिता सुरु भएको छ भने विद्यालय स्तरी लोक दोहोरी गित प्रतियोगिता पनि भएको छ । त्यस्तै आईतबार विद्यालय स्तरीय लोकदोहोरी गित प्रतियोगिता र खुल्ला लोक भजन प्रतियोगिता हुनेछ । बुटवल उद्योग वाणिज्य संघ रूपन्देहीको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग वाणिज्य महासंघको संरक्षकत्वमा बुधबारदेखि सुरु भएको औद्योगिक व्यापार मेला यहि पुसको १८ गतेसम्म चल्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?