Butwal Today

रवि लामिछानेको सांसद पद निलम्बनमा

७ पुष २०८१, आइतबार
अ+
अ-

 काठमाडौं ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ। सम्पत्ति शुद्धीकरण ऐनअनुसार, लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्लेले जानकारी दिइन्।

सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित) को दफा २७ बमोजिम, रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुनेछ। ऐन अनुसार, यदि कुनै पदाधिकारी, कर्मचारी वा राष्ट्र सेवक थुनामा रहेको अवस्थामा र उसमाथि मुद्दा दायर गरिएको छ भने, मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी वा पदाधिकारीको पद स्वतः निलम्बन हुने ठहरिन्छ।

यसैबीच, कास्की जिल्ला सरकारी वकिलको कार्यालयले रवि लामिछाने र उनकी पत्नी निकिता पौडेललाई २७ करोड ८९ लाख रुपैयाँभन्दा बढी गैरकानुनी रूपमा आर्जन गरेको आरोपमा मुद्धा दायर गरेको छ।