ट्रेंडिंग:

>> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै >> महिला टी-२० विश्वकप छनोट खेल्ने प्रारम्भिक टोली घोषणा >> शेरबहादुर तामाङ केपी ओली टिमबाट उपमहासचिवमा उठ्ने >> काठमाडौंले पोखराविरुद्ध पहिले ब्याटिङ गर्दै

साईसालाई छमछमी सिजन–४ को उपाधि

प्रतियोगितामा प्रथम, द्घितिय र तृतिय स्थान हासिल गर्ने विधार्थीलाई गार्गी एकेडेमीमा २ वर्षको पुर्ण छात्रवृत्ति प्रदान गर्ने समेत घोषणा
६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार

बुटवल, ६ पुस । रुपन्देहीमा सम्पन्न रुपन्देही डान्स स्टार सिजन– ४ को उपाधि साईसा क्षेत्रीले चुमेको छ । छमछमी कला केन्द्र, बुटवलको आयोजनामा शनिबार भएको रुपन्देही डान्स स्टार सिजन– ४ को फिनालेमा १९ प्रतियोगीहरुलाई पराजित गर्दै उनले उपाधि चुमेकी हुन । उपाधिसंगै उनले नगद ५० हजार रुपैया, ट्रफीबाट पुरस्कृत भईन । प्रतियोगितामा समृद्धि सेन ठकुरी दोस्रो हुदै नगद ३० हजार रुपैया सहित ट्रफिबाट पुरस्कृत भईन । प्रतियोगितामा साहिस्ता शाही तेस्रो हुदै नगद २० हजार रुपैया भईन ।

यसैगरि प्रतियोगितामा सान्त्वना हुदै प्रिन्सु सुनार नगद १० हजार सहित ट्रफिबाट पुरस्कृत भईन । भियोयर च्वाईस आईसा भुषाल घोषित भईन । प्रतियोगितामा तिनाउकी कृतना ज्ञवालीलाई उत्कृष्ट डान्सर घोषित भईन। यसैगरि उत्कृष्ट नृत्य प्रस्तुत गरेका गार्गी एकेडेमीका सुलभ मिजार समेत पुरस्कृत भए । प्रतियोगीहरुलाई ६० प्रतिशत निर्णायक र ४० जना भोटिङको आधारमा विजेता घोषणा गरिएको हो ।

एक समारोहका बिच लुम्बिनी प्रदेशका भौतिक तथा पुर्वाधारमन्त्री भुमिश्वर ढकाल, गार्गी एकेडेमीका प्राचार्य भुवन अधिकारी, गार्गी एकेडेमीका सल्लाहकार राजेन्द्र ढकाल, पश्चिम नेपाल बस ब्यवसायी संघका वरिष्ठ उपाध्यक्ष नारायण घिमिरे, निर्णायकहरु गिता थापा, नारायण थापा, अनु रजक, केन्द्रका अध्यक्ष किशोर थापाले विजेता, उपविजेता तथा उत्कृष्टलाई पुरस्कार वितरण गरे ।

कार्यक्रममा लुम्बिनी प्रदेशका भौतिक तथा पुर्वाधारमन्त्री भुमिश्वर ढकालले कला र संस्कृतिमा हामी धनि भएको बताउदै बालबालिकामा लुकेर रहेका प्रतिभा प्रस्फुटन गर्ने महत्वपुर्ण कार्यक्रम गरिएको बताए । नेपाललाई अन्तराष्ट्रिय रुपमा चिनाउने कलाकारहरुको सम्मान जरुरी रहेको उनले बताए । कला, संस्कृति जगेर्ना गर्ने गरि प्रतिष्ठान गठन गर्ने तयारीमा प्रदेश सरकार लागेको उनले बताए । बाल मस्तिष्कमा नृत्य प्रति आकर्षण जगाउने गरि कार्यक्रम भएको बताए ।

कार्यक्रममा गार्गी एकेडेमीका प्राचार्य भुवन अधिकारीले प्रतियोगितामा प्रथम, द्घितिय र तृतिय स्थान हासिल गर्ने विधार्थीलाई स्कुलमा २ वर्षको पुर्ण छात्रवृत्ति प्रदान गर्ने समेत घोषणा गरे । मंसिर १ गतेबाट शुरु भएको प्रतियोगिताको विभिन्न चरण पार गर्दै फिनालेमा २० जना प्रतियोगीहरु पुगेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?