ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’

पुस्तक पठन अनुभूतिः समयको स्पन्दनमा हराउँदा 

६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार

हरिप्रसाद भण्डारीले एमफिल गरेपछि लघुकथामा नै विद्यावारिधि सकाएर डाक्टर उपाधि हासिल गरे । अचेल उनलाई डा. हरिप्रसाद भण्डारी भनेर चिनिन्छ । उनको पछिल्लो साहित्यिक कृति “समयको स्पन्दन“ हो । चिराग, अविरल यात्रा र काला सर्पको खोजी लघुकथा संग्रहहरू पहिले नै प्रकाशित छन् । उनको पछिल्लो लघुकथा संग्रह समयको स्पन्दनमा ७० वटा लघुकथाहरू समाहित छन् । कथाहरू समयसँगै निरन्तर बगेका छन् । उनका कथामा व्यङ्ग्य धेरै भेटिन्छन् । कसेर व्यङ्ग्य गरेका हुन्छन् । कैयौं कथाहरूले खुत्रुकै पारेको हुन्छ । कतिपय कथाहरू शान्त सागरजस्तै लाग्छन् । ग्रामीण परिवेश, त्यस्तै शैली र मसिना विषयवस्तुहरूलाई गहन तरिकाले प्रस्तुत गर्ने कला नै डा. हरिका खास लेखन विशेषता हुन् । उनको लघुकथामा सामाजिक, आर्थिक, राजनीतिकमात्र होईन मनोविज्ञान समेत घुलित छन् । समाजले मान्छेलाई र मान्छेले समाजलाई कसरी हेर्छ, मूल्याङ्कन गर्छ र परिणाम के आईरहेको छ बुझ्न पनि समयको स्पन्दन लघुकथा संग्रह काफी छ ।

सत्य, तथ्य र समयसँग आफूलाई ढाल्नका लागि डा.हरिको लघुकथा संग्रहले धेरै प्रेरणा दिने गरेको छ । प्रगतिशील विचारक डा. हरिले समाजका पात्रहरूलाई प्रगतिशील विचारले नै विश्लेषण गरेका छन् । समाजका कुरीति, कुसंस्कार र बेथितिविरुद्धमा जमेर मुकाविला गरेका छन् । समयको स्पन्दनमा आफूलाई खरो कथाकार वा सर्जकका रूपमा उभ्याएका छन् । आफू लघुकथा मात्र लेख्दैनन् बरु उनले अरूलाई लेख्न उत्प्रेरित गरिरहन्छन् । लेख्न प्रशिक्षण दिन्छन् । सम्पादनमा समर्पित हुन्छन् । लघुकथाको साहित्यलाई फराकिलो बनाउन कम्मर कसेर लागेका उनले लघुकथालाई नै आफ्नो लेखनीको मानक बनाउँदै आएका छन् ।

हुन त डा. हरिले अस्वीकृत कथाहरू, चरीका राम्रा कथा, सुनको स्याल, कुनमिनको सेरोफेरो, मनको आँखा, गोनु झा र चोरहरू साहित्यिक सम्पत्तिहरूलाई समाजमा बाँडेका छन् । लघुकथा त्यस्तो विधा हो–जहाँ एकएक शब्दको गणना र अर्थ हुन्छ । यो शब्द नराखेपनि हुन्थ्यो वा राख्दा कथालाई बलियो बनाउन मद्दत गरेको छ भन्ने कुराको खास अधिकार पाठकले महसुस गर्ने भएको हुनाले लघुकथाकारहरू यसमा चुक्नु हुँदैन । डा.हरि यस सन्दर्भमा धेरै नै सचेत र सजग छन् । लेखनीको सिद्धान्तलाई व्यवहारमा रूपान्तरण गर्न उनका कलम थाकेका छैनन् । समयको स्पन्दनमा सेतो कौवादेखि किंकर्तव्यविमूढसम्मका शीर्षकका लघुकथा राखिएका छन् । यीनै लघुकथाहरू पढिरहँदा कतै मुसुक्क हाँस्न मन लाग्छ । कतै उनले खित्का छाडी हँसाउँछन् । कतै पेट बटारिन्छ र च्वाँस्स गोपेजस्तै लाग्छ । जेहोस् डा.हरिको लेखनीमा निख्खरता भेटिन्छ । उनको विद्यावारिधि, मिहिनेतको फल र सार्थक प्रमाण भएको पाईन्छ ।

समयको स्पन्दनमा समाहित ‘असल मित्र’ शीर्षकको कथा पढ्दा वर्तमान समयको गठबन्धन संस्कार, राजनीति दर्शन, सिद्धान्त र विचारलाई तिलाञ्जली दिएर भोटको कर्म गरिरहेका पार्टी र नेतालाई उनले कथामार्फत दरो झापड कसेका छन् । आफ्नो चुनाव चिन्ह र आफूले बोकीरहेको राजनीतिक दर्शनलाई बिर्सिएर आज कसरी पार्टी र नेता अघि बढिरहेका छन् भन्ने कुराको सफेद प्रमाण कथामा भेटिन्छ । अर्काे ‘विकास’ शीर्षकको कथामा कथाकार लेख्छन– हुनुपर्ने विकास के थियो र छुट्टाईयो वजेट केमा ? देशको विकास गर्ने तौरतरिकामा उनले व्यङ्ग्य कसेका छन् । कथाले मिठो सन्देश प्रवाह गरेको छ । राजनीतिलाई कमाई खाने भाँडो ठान्ने गलत प्रवृत्तिले गाँजिरहेको बेला डा.हरिको ‘सूत्र’ नामक शीर्षक कथाले सुदामा र कृष्ण पात्र खडा गरेर नयाँ तरिकाले संवादात्मक प्रहार गरेको छ । सुदामाले सधैं कनिकामा जीवन जिउनुपर्ने पिरलोले धनी हुन के गर्ने प्रश्न गर्दा राजनीतिक गर भनेर कृष्णले दिएको जवाफमा नै प्रशस्त व्यङ्ग्य छ । पछिल्लो समय नेपाली साहित्य–आकासमा लघुकथाले आफ्नो आधिपत्य जमाउँदैछ । थोरै शब्दमा धेरै र कडा प्रहार नै लघुकथाको शिल्प हो । फरकफरक विषयमा नयाँ नयाँ सन्देश दिनसक्नु यसको खुबी हो । डा. हरिको समयको स्पन्दन लघुकथा संग्रह यसैको कसीका रूपमा हामीबीच प्रश्रित प्रतिष्ठान नेपालले ल्याई पु¥याएको छ । प्रा. डा. दयाराम श्रेष्ठ र प्रा. डा. कपिलदेव लामिछानेका लघुभूमिका रहेको सो पुस्तकको खरीद मूल्य दुईसय ३० रूपैयाँ रहेको छ । डा. शालिकराम पौड्यालको प्रकाशकीय र डा. हरिप्रसाद भण्डारीको लेखकीय सन्देश रहेको समयको स्पन्दन लघुकथा संग्रह पठनीय, संङ्ग्रहणीय र ओजपूर्ण रहेकोमा कुनै द्विविधा छैन । समयको स्पन्दनमा हराउँदा आफैलाई अचम्म लागिरहेको छ ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?