ट्रेंडिंग:

>> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो

कफी एक्सप्रेसो पाँच वर्षदेखि अलपत्र

६ पुष २०८१, शनिबार
६ पुष २०८१, शनिबार

गुल्मी, ६ पुस ।
कफीको जननी जिल्ला गुल्मीमा कफी एक्सप्रेसो मेसिन अलपत्र परिरहेको छ । गुल्मेली कफीको प्रचार प्रसारका लागि भनेर लुम्बिनी प्रदेश सरकारले दिएको कफी एक्सप्रेसो मेसिन पाँच बर्षदेखि अलपत्र परेको छ ।
आर्थिक बर्ष ०७५/०७६ मा जिल्ला सहकारी संघ गुल्मीलाई तत्कालिन प्रदेश नं.५ को भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जिल्ला सहकारी संघ गुल्मीलाई उक्त मेशिन प्रदान गरेको हो । जिल्ला सहकारी संघ गुल्मीका व्यावस्थापक युवराज आचार्यले तत्कालिन अबस्थामा छ लाख २० हजार मूल्य पर्ने उक्त मेशिन जनशक्तिको अभावमा त्यत्तिकै कोठामा थन्काउनु परेको बताए । उक्त मेशिनले ३० प्रकारका स्वादमा कफी बनाउँछ । तर मेसिन चलाउने जनशक्ति नहुँदा पाँच वर्षदेखि मेशिन सहकारीमा थन्किएर बसेको छ । यो मेसिन सञ्चालन गरेर बिशेषता अनुसारको कफी बनाउन तालिम प्राप्त जनशक्ति आवश्यक पर्ने जिल्ला सहकारी संघ गुल्मीका अध्यक्ष यम बहादुर थापाले बताए ।
आफूहरूसँग मेसिन सञ्चालन गर्ने तालिम प्राप्त जनशक्ति राख्ने श्रोत र साधन नभएका कारण महत्वपूर्ण उपकरण उपयोग बिहिन अस्थामा त्यत्तिकै राख्नु पर्ने बिडम्बना रहेको थापाले बताएका छन । ‘संस्था सिमित श्रोतकाबिच चलाएका छौं, कफीको बिषयमा गर्नुपर्ने कैयौ काम छन्,’ उनले भने, ‘उपकरण चलाउने मान्छे नहुँदा जिल्लामा आउने पाहुनाहरूलाई गुल्मेली कफीका बिबिध स्वाद चखाउन सकिएको छैन ।’ उनले जनशक्ति व्यावस्थापनमा स्थानीय सरकारले सहयोग गरे जिल्लामा कफी सप खोलेर मेसिनको भरपुर उपयोग गर्ने बताएका छन् ।

कफी उत्पतिको जननी जिल्ला भनेर चिनिने गुल्मीमा हाल २ सय ४१ हेक्टर क्षेत्रफलमा कफी खेती गरिएको छ । यस वर्ष जिल्लामा ३० मेट्रीक टन भन्दा बढी कफी उत्पादनहुने अनुमान गरिएको प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना प्रमुख गंगा पोख्रेलले बताईन । जिल्लामा फ्रेस चेरी कफीको मुल्य प्रतिकेजी एक सय, ड्राईचेरीको १ सय ५० र पार्चमेण्ट कफीको मुल्य प्रति केजी पाँच सय रूपैंया रहेको छ । गुल्मीको कफी अर्गानिक र स्वादिलो भएका कारण तेश्रो मुलुकमा समेत निर्यात हुने गरेको छ ।
पछिल्लो समयमा गुल्मीमा कृषि ज्ञान केन्द्र, प्रधानमन्त्री तथा कृषि आधुनिकिकरण परियोजना, कफी विकास केन्द्र आँपचौर, कफी अनुषन्धान केन्द्र भण्डारीडाँडा, स्थानीय तह लगायत विभिन्न सहकारीहरूले कफीको अनुषन्धानसँगै कफी खेती विस्तामा काम गर्दै आईरहेका छन । हाल जिल्लामा कफी कृषकहरूको संख्या १८ सय भन्दा धेरै रहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?