ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

बर्दिया घुम्न प्रदेश सरकारको निम्तो

५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

बर्दिया, ५ पुस ।
लुम्बिनी प्रदेश सरकारले बर्दिया जिल्लालाई लक्षित गर्दै “घुम्न जाउँ बर्दिया” अभियानको भव्य शुभारम्भ गरेको छ । प्रदेश सरकार र ठाकुरबाबा नगरपालिकाको सहकार्यमा सुरु गरिएको अभियान लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले एक विशेष समारोहका बीच उद्घाटन गरेका छन् ।
चालु आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम अन्तर्गत संचालन गरिएको यो अभियानले बर्दियालाई आन्तरिक र बाह्य पर्यटकहरूको मुख्य गन्तव्यको रूपमा स्थापित गर्न प्रयासरत छ । मुख्यमन्त्री आचार्यले बर्दिया जिल्लाको ऐतिहासिक, सांस्कृतिक, र जैविक विविधता पर्यटनको माध्यमबाट समृद्ध लुम्बिनीको आधार बनाउन सकिने बताए ।
मुख्यमन्त्री आचार्यले प्रदेशका सबै कर्मचारीलाई बर्दिया भ्रमणका लागि दश दिनको समय छुट्टाइएको जानकारी गराउँदै संघ, संस्था, विद्यालय, र सहकारी संस्थाहरूलाई बर्दिया भ्रमणमा सहभागी हुन आग्रह गरे। “पर्यटनबाट आत्मनिर्भर प्रदेशको लक्ष्य पूरा गर्न सम्भावना छ, त्यसैले यसलाई उच्च प्राथमिकतामा राखिएको छ,“ उनले बताए । बर्दिया राष्ट्रिय निकुञ्ज बाघ, गैँडा, जंगली हात्ती, बाह्रसिङ्गा, र विभिन्न प्रजातिका चरा–चुरुङ्गीहरू देख्न सकिने दुर्लभ गन्तव्य हो। यस कार्यक्रमको मुख्य उद्देश्य बर्दिया जिल्लाको पर्यटकीय क्षेत्रलाई राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनाउन हो ।
अभियानको उद्घाटन कार्यक्रममा सातै मन्त्रालयका पर्यटन मन्त्री, स्थानीय पालिकाका प्रमुख, पर्यटन व्यवसायी, संरक्षणकर्मी, र सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो । “घुम्न जाउँ बर्दिया” अभियानले आन्तरिक पर्यटनलाई प्रवद्र्धन गर्दै प्रदेश विकासमा महत्वपूर्ण योगदान पु¥याउने विश्वास गरिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्ज सँग सँगै जिल्ला कै पर्यटकीय क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने मुख्य उद्देश्यले घुम्न जाउँ बर्दिया कार्यक्रम आयोजना गरिएको हो । देशका विभिन्न राष्ट्रिय निकुञ्ज भन्दा फरक जैविक विविधता बर्दिया राष्ट्रिय निकुञ्जमा रहेको, एकै दिनमा बाघ, गैँडा र जंगलीहात्तीको बथानका साथ साथै चित्तल जरायो बाह्रसिङ्गा विभिन्न प्रकारका चराचुरुङ्गी देख्न पाइन्छ । उद्घाटन कार्यक्रममा लुम्बिनी सहित ७ वटै मन्त्रालयका पर्यटन मन्त्रीहरू, पालिका प्रमुख, राजनीतिक दल, संरक्षणकर्मी, पर्यटन व्यवसायी, सामाजिक तथा शैक्षिक संघ संस्थाका प्रतिनिधिहरूको समेत सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?