ट्रेंडिंग:

>> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड

‘उज्यालो अनुहार’

५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

लुम्बिनी, ५ पुस ।
पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका ६० वर्षे वृजु चाईका दुबै आँखाबाट तरतर आ“शु आईरहेका थिए । आसु झरेपनि उनी निक्कै खुसी थिए । आ“शु पुछदै खुसी मिश्रित बोली निस्कन्थ्यो । कारण उनका दुबै आ“खाका ज्योति दुई वर्षपछि फर्किदा पछिको खुसी मिश्रित आ“शु झारेकी थिए । पैसा नहुदा शल्यक्रिया गराउन नसक्दा दुबै आ“खाका ज्योति गुमेका थिए । गरिव विपन्न थिए । जेनतेन हातमुख जोरेपनि शल्यक्रिया गर्ने पैसा नहुदा उनी लोरोको साहाराले दिशापिसाब जान्थे । निक्कै कष्टकर जीवनयपान थियो । एकै पटक दुबै आ“खाका मोतिया विन्दुको शल्यक्रिया गरिएपछि उनी देख्न सक्ने बन्दा खुसीको सिमा छैन् । हिँडडुलको साहारा लौरो हुईक्याई दिए । उनी जस्तै कपिलवस्तु नगरपालिका २, बरगदवाकी ६१ वर्षिया गुलसितारा खातुनका पनि दुबै आ“खामा एकै पटक ज्योति फर्किए पछि निक्कै खुसी छिन् । ‘पैसा नहु“दा शल्यक्रिया गर्न सकेको थिईन्’ उनले भनिन्, ‘मलाई भगवानै भेटिए ।’ ३ वर्षेदेखि दुबै आ“खा बन्द थिए । हिडडुल गर्न साहारा चाहिन्थ्यो । छामेर र लौरोको साहारामा हिँड्थे । अब त बुढेसकालमा पनि युवा जस्तै तन्नेरी ज्योति फर्कियो । खुसीको सिमा छैन् ।

उनीहरू जस्तै एक हजार ५७ जनाको शल्यक्रिया गरेर आ“खाको ज्योति फकाईएको छ । १४ देखि ७१ वर्षसम्मकाको आँखा शल्यक्रिया गरिएको थियो । दिवंगत थाई नरेश भूमिवल अदुल्यादेजको स्मृतिमा लुम्बिनीमा थाई राजदूताबास, राजकीय थाई मोनाष्ट्री र लुम्बिनी स्वर्णभूमि फाउण्डेसनको आयोजनामा तिलगंगा आ“खा प्रतिष्ठान, काठमाडौंको प्राविधिक सहयोगमा निःशुल्क शल्यक्रिया गरेर देख्न सक्ने बनाईएको हो । शिविरबाट गरिव विपन्न र असहायले फाईदा लिएका छन् । रकम अभावमा मोतियाबिन्दुको शल्यक्रिया गर्न नसकेकालाई लक्षित गरिएको थियो । आ“खा देख्ने भएपछि सबैले परिवारसँग खुसीयाली साटासाट गरेका थिए । ५ दिने शिविरमा उनीहरूको उपचार गरिएको थियो । शल्यक्रियाकालागि रूपन्देहीको लुम्बिनी, कपिलवस्तुको निग्रोधाराम र पश्चिम नवलपरासीको रामग्राममा एक÷एक दिने शिविर संचालन गरिएको थियो । त्यहा आएका विरामी मध्ये मोतियाबिन्दु भएकाको छनौट गरेर शल्यक्रिया गर्न ल्याईएको थियो । शिविरमा ४ हजार ५ सयजना आ“खाका विरामीको आ“खा परिक्षण गरि निःशुल्क औषधी वितरण गरिएको तिलगंगा आखा प्रतिष्ठानका कार्यक्रम अधिकृत नामखेन लामाले बताए । शिविरमा ४ जनाको दुबै आ“खाको एकै पटक अपरेसन गरिएको थियो । ‘सामान्य अवस्थामा गरिदैन्,’ वरिष्ठ नेत्ररोग विषेशज्ञ डा. सन्दुक रुईतले भने, ‘उनीहरूको शल्यक्रिया नगरेको भए दुबै आँखा सदाका लागि बन्द हुने जोखिम थियो ।’ त्यही भएर जोखिम लिएर गरिएको हो । अन्यका एउटा आ“खाका शल्यक्रिया गरिएको थियो ।
शिविरबाट मजदुर, एकल, असहाय र विपन्नले फाईदा लिएका थिए । ‘हातमुख जोर्न धौधौ थियो’ रूपन्देहीको लुम्बिनी सास्कृतिक नगरपालिका शिवगढीयाका ५४ वर्षे चिर्कुट हरिजनले भने, ‘देख्न छाडेको दा“या आ“खा कसरी शल्यक्रिया गर्ने ?’ अर्को आ“खाले पनि त्यती राम्ररी देख्तिन् उनले भने । छटपटीदै बसेको थिए । तर गरिबलाई ईश्वर भेटिए जस्तै भयो थाई राजपरिवारलाई धन्यबाद । ‘आ“खाले देख्न सक्ने भए’ उनले भने, ‘अब अर्को वर्ष बा“या आ“खा शल्यक्रिया गराएर दुबैले हेर्न सक्ने बन्छु ।’ नाती नातिना खेलाउने धोको पुरा हुने भयो उनले भने ।
तिलगंगा आ“खा प्रतिष्ठान, काठमाडौंका प्रमुख डा. सन्दुक रुईत नेतृत्वको ३३ स्वास्थ्यकर्मीको टोलीले शल्यक्रिया गरेको थियो । त्यसमा ३ थाई चिकित्सक सहित १० थाई स्वास्थ्यकर्मी टोलपनि संलग्न थियो । विरामीलाई अत्याधुनिक प्रविधि फेकोबाट शल्यक्रिया गरिएको थियो ।
विरामीलाई खानाखाजा, बस्ने, चस्मा र औषधी निःशुल्क प्रदान गरिएको राजकीय थाई विहार प्रमुख भिक्षु फ्रा बोधीबिड्सले बताए । १५ वर्षदेखि यसरी सेवा गर्दै आईरहेका छौं उनले भने यसलाई निरन्तरता दिर्दै परिष्कृत गर्दै लैजान्छौं । विरामीलाई घरबाट ल्याउने र पु¥याउने यातायातको सुबिधा समेत प्रदान गरेकोे थियो । शल्यक्रिया गर्न आएका बिरामीलाई चिसो नलागोस् भनेर सबैलाई एक÷एक थान कम्बल पनि प्रदान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?