Butwal Today

आइतबार देखि पृथ्वी राजमार्गको मुग्लिङ–नागढुंगा सडकखण्ड दैनिक तीन घण्टा बन्द

५ पुष २०८१, शुक्रबार
अ+
अ-

काठमाडौं ।

देशका ६७ जिल्लालाई संघीय राजधानी काठमाडौंसँग जोड्ने मुख्य मार्ग पृथ्वी राजमार्गको मुग्लिङदेखि त्रिभुवन राजपथको नागढुंगासम्मको सडकखण्ड आइतबारदेखि दैनिक तीन घण्टा बन्द हुने भएको छ।

सडकखण्डमा विभिन्न स्थानमा पहाड कटान गर्नुपर्ने भएकाले पुस ७ गतेदेखि पुस १३ गतेसम्म दैनिक बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने छ। जिल्ला प्रशासन कार्यालय धादिङले एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ।

यस सडकखण्डमा दैनिक १३ देखि १४ हजार सवारीसाधन आउजाउ गर्छन्। सडक बन्द हुने समयमा बिरामी बोकेको एम्बुलेन्स र सुरक्षा निकायका सवारी भने आउने जानेछन्।

सवारी चालकलाई लेन अनुसार चल्न र ट्राफिक नियमको पालन गर्न पनि प्रशासनले आग्रह गरेको छ।