© २०२३
काठमाडौं ।
वैदेशिक रोजगारमा आकर्षक तलबको प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन्।
पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका–१० कमलविनायकका ३६ वर्षीय ज्वालाराम मुस्याख्वा र रूपन्देही बुटवल उपमहानगरपालिका–१३ नयाँगाउँका ३७ वर्षीय बुद्धिबहादुर बस्याल छन्।
ज्वालारामले अस्ट्रेलिया पठाइदिन्छु भन्दै एक पीडितबाट दुई लाख र बुद्धिबहादुरले दुबई पठाइदिन्छु भन्दै एक पीडितबाट १ लाख ९० हजार रुपैयाँ लिएका थिए।
पैसा लिएर सम्पर्कविहीन भएका यी दुई व्यक्तिको खोजी गर्दै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले उनीहरूलाई काठमाडौं बागबजार र सामाखुशीबाट पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ।