ट्रेंडिंग:

>> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत

बुलेट चढेर चोरी गर्ने हिमाल रसाइलीविरुद्ध १९ मुद्दा, कारागार चलान

५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

 काठमाडौं ।

रोयल इनफिल्ड बुलेट मोटरसाइकल चढेर चोरी गर्दै हिँडेको आरोपमा पक्राउ परेका हिमाल रसाइली कारागार चलान भएका छन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश निर्मला योङ्याको बिहीबारको इजलासले रसाइलीलाई ३ लाख ३० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर धरौटी नबुझाएपछि उनलाई नख्खु कारागार चलान गरिएको छ ।

उनीसँगै चोरीकै कसुरमा पक्राउ परेका डडेल्धुराको बागेश्वर गाउँपालिका–१ घर भएका २९ वर्षीय भोजबहादुर थलाल भने धरौटी बुझाएर रिहा भएका छन् । उनीविरुद्ध न्यायाधीश योङ्याको इजलासले ३ लाख धरौटी माग गरेको थियो ।

ललितपुरका विभिन्न स्थानहरूमा श्रृंखलाबद्ध रुपमा ल्यापटप चोरीको आरोपमा धरान उपमहानगरपालिका–१५ घर भएका २५ वर्षीय रसाइलीलाई जिल्ला प्रहरी परिसर ललितपुरको टोलीले ६ मंसिरमा काठमाडौंको टेकुबाट पक्राउ गरेको थियो ।

उनले ल्यापटप चोरी गरेर थलाललाई बेच्ने गरेको खुलेपछि थलाल पनि पक्राउ परेका थिए । उनीहरूविरुद्ध परिसर ललितपुर गरेको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले ६ वटा चोरीको मुद्दा दायर गरेको थियो । उनीहरूबाट प्रहरीले चोरीका २६ वटा ल्यापटप बरामद गरेको थियो ।

यसअघि रसाइली १३ पटक पक्राउ परेर मुद्दा चलेका व्यक्ति हुन् । त्यतिबेला उनीविरुद्ध ८ वटा चोरी र ५ वटा अभद्र व्यवहारको कसुरमा मुद्दा चलेको थियो । अहिले ६ वटा मुद्दा चलाइएकाले उनीविरुद्ध १९ वटा मुद्दा चलिसकेको थियो ।

ललितपुरमा ल्यापटप चोरीको दुईवटा उजुरी आएको थियो । एउटा उजुरी पुल्चोकस्थित कार्यलयबाट ल्यापटप चोरी भएको थियो भने अर्को झम्सीखेलबाट । दुई फरक ठाउँ भए पनि चोरीको प्रकृति एउटै किसिमको थियो । जाहेरी आएपछि प्रहरीले अनुसन्धान गर्दा चोरी कार्यमा बुलेट बाइकको प्रयोग भएको खुलेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?