Butwal Today

बागमती खोलामा २४ वर्षीय पुरुषको शव भेटियो

५ पुष २०८१, शुक्रबार
अ+
अ-

 काठमाडौं ।

काठमाडौंस्थित बागमती खोला किनारमा एक पुरुषको शव फेला परेको छ। शव ललितपुर महानगरपालिका–१८ जलविनायकका २४ वर्षीय गौरव थापा मगरको भएको प्रहरीले जनाएको छ।

यो शव काठमाडौंको कीर्तिपुर र ललितपुरको सिमानास्थित बागमती खोलामा भेटिएको हो।

घटनाबारे काठमाडौं प्रहरीले अनुसन्धान अघि बढाएको छ।