ट्रेंडिंग:

>> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट

पत्रकार महासंघको नवनिर्वाचित नेतृत्वलाई सम्मान

५ पुष २०८१, शुक्रबार
५ पुष २०८१, शुक्रबार

बुटवल, ५ पुस ।

नेपाल पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष दिनेश पाण्डेले आफ्नो नेतृत्वको टीमले गलत गरेको छ भन्ने अनुभुति हुन नदिने दावी गरेका छन् । उनले आफूले मुखले एउटा र व्यवहारले अर्को काम नगर्ने स्पष्ट पारे । शुक्रबार प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियन रुपन्देही संयुक्त प्यानल निर्वाचन परिचालन समितिले बुटवलमा आयोजना गरेको बधाई तगा सम्मान कार्यक्रममा अध्यक्षले यस्तो बताएका हुन् ।

उनले भने, ‘निर्वाचनमा उत्रिएपछि जीत–हार भन्दा पनि विजेता र उपविजेताको रुपमा लिनुपर्छ । ३ वर्षे कार्यकालका लागि जिम्मेवारी सम्हालेका छौं । कामको हिसाबले समान व्यवहार हुन्छ । जात, लिंग, वर्ण, भुगोलको आधारमा कुनै विभेद हुँदैन । ’ पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्षहरु, पत्रकार सम्बद्ध सम्पूर्ण संगठन, सामाजिक संघ–संस्था, मिडियाका सम्पादक लगायतसँग छलफल र सुझाव लिएर अघि बढ्ने उनको भनाइ छ ।

उनले भने, ‘तपाईहरु सबैको सहभागीताबाट महासंघको शिर अझै माथि उठ्छ । जे बोल्छु, त्यही गर्छु । पत्रकार महासंघलाई साझा संस्थाकै रुपमा अगाडि बढाउँछौं । पत्रकारको हकहितमा काम गर्ने संस्थालाई समेटेर अघि बढ्छौं ।’ त्यस्तै पत्रकार महासंघ रुपन्देहीका पूर्वअध्यक्ष डा. बालकृष्ण चापागाईले पत्रकार महासंघ पत्रकारहरुको मात्र नभइ परिवर्तनका लागि भएका आन्लोलनमा अग्रणी भूमिका निर्वाह गर्ने संस्था समेत भएको बताए ।

उनले ठूला संगठनले दम्भ र सानाले हिनताबोध गर्न नहुने बताए । उनले भने, ‘नवनिर्वाचित कार्यसमितिलाई सफल बनाउन सहयोग गर्छु ।’ पत्रकार महासंघका केन्द्रीय सदस्य तथा रुपन्देहीका निवर्तमान अध्यक्ष रामराज पोख्रेलले महासंघको संस्थागत विकास जरुरी रहेको बताए । उनले महासंघलाई समयसँगै अझ गतिशील बनाउनुपर्नेमा जोड दिए । पत्रकारिताको विकासका लागि एकजुट भइ अघि बढ्नुपर्ने उनको भनाइ छ । संयुक्त प्यानल निर्वाचन परिचालन समितिका संयोजक तथा प्रेस चौतारी नेपालका केन्द्रीय सचिव प्रदीप आचार्यले पत्रकारलाई सक्रिय बनाउने काम महासंघको पनि भएको बताए । उनले महासंघका राम्रा काममा साथ र समर्थन रहने बताए ।

प्रेस चौतारी रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलले पत्रकारको हकहितमा अघि बढ्न नवनिर्वाचित टीमलाई आग्रह गरे । प्रेस युनियन रुपन्देहीका अध्यक्ष कबिन्द्र नेपालले निर्वाचन जिताउन प्रतिबद्ध भएर लागेको बताए । कार्यक्रममा पत्रकार महासंघ रुपन्देहीको नवनिर्वाचित कार्यसमिति, यहाँबाट प्रदेश तथा केन्द्रीय समितिमा निर्वाचित पत्रकारहरुलाई सम्मान गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?