ट्रेंडिंग:

>> पश्चिमी वायुको प्रभावः आज देशभर मौसम कस्तो रहने ? >> प्रतिनिधिसभा उम्मेदवारविरुद्ध आज उजुरी दिने व्यवस्था >> १० करोडको कारोबार गर्दै सकियो देवदह मेला  >> देशव्यापी मनोनयनले बढाएको उत्साह >> दाङका तीन  निर्वाचनमा ६२ जनाको उम्मेदवारी >> ५ बजेसम्म २ हजार ६५५ उम्मेदवारी दर्ता, महिलाको संख्या ३०३ मात्रै >> विद्यार्थी राजनीतिबाट प्रतिनिधि सभासम्मको यात्रामा सुशील >> दाङका तीन निर्वाचन क्षेत्रमा ४३ जनाको उम्मेदवारी >> रुपन्देही २ मा ३४ जनाको उम्मेदवारी, एमालेबाट पौडेल, कांग्रेसबाट चुन्नप्रसाद र रास्वपाबाट खरेलको उम्मेदवारी >> अर्घाखाँचीमा अहिलेसम्म १३ जनाको उम्मेदवारी  >> “काँग्रेसले पत्याएन” भन्दै विद्रोह, आशिष शर्मा स्वतन्त्र मैदानमा >> नेपाली कम्युनिस्ट पार्टीबाट कुलप्रसादको विद्रोह, बने स्वतन्त्र उम्मेदवार  >> सेयर बजार ४२ अंकले बढ्यो >> हाजिर जमानीमा रिहा भए दुर्गा प्रसाईं >> पर्सा अदालतले रवि लामिछानेसँग माग्यो १ करोड धरौटी >> जगदीश खरेलले ललितपुर–२ बाट गरे उम्मेदवारी दर्ता >> कांग्रेसको आधिकारिकता विवादमा सर्वोच्चमा बहस सकियो >> गोरखा–२ बाट बाबुराम भट्टराईले गरे उम्मेदवारी दर्ता >> राजेन्द्र लिङ्देनले झापा–३ बाट दर्ता गरे उम्मेदवारी दर्ता >> रुकुमपूर्वबाट प्रचण्डको उम्मेदवारी दर्ता >> काठमाडौँ –३ बाट कुलमान घिसिङले गरे उम्मेदवारी दर्ता >> अर्घाखाँचीमा एमालेबाट पीताम्बर भुसालको मनोनयन, अहिलेसम्म ६ उम्मेदवार >> बालेनसँग प्रतिष्पर्धा गर्न ओलीले गरे झापा–५ बाट उम्मेदवारी दर्ता >> स्थानीय नेतृत्वको अभ्यासबाट संसदसम्म वासुदेव घिमिरे >> सुनचाँदीको भाउमा कीर्तिमान, सुन आज तोलाको २ लाख ८४ हजार ७ सय पुग्यो >> चिकित्सकबाट सांसदसम्मको यात्रामा डा. लेखजंग थापा >> रुपन्देही २ मा सुवेदीको टिकट फिर्ता, सुलभ आए मैदानमा >> निर्वाचन आचारसंहितामा कडाइ गर >> एमालेबाट पाल्पा २ मा ठाकुर गैरेले पाए टिकट, रुपन्देही ४ मा ठठेरको ठाउँमा अली >> यी हुन् लुम्बिनी प्रदेशमा कांग्रेसले टुंगो लगाएका उम्मेदवारहरु >> तानसेनमा खोलामै क्रसर >> वन मासिँदै, सरकार रमिते >> रुपन्देही–२: ‘सांसद मात्रै होइन, प्रधानमन्त्री जन्माउने मत’ >> प्रदेश सभा सदस्य केसीले पनि दिइन् राजीनामा, चुनाब लड्न ४ सांसदको राजीनामा >> आज देशभर उम्मेदवारको मनोनयन, यस्ता कागजात अनिवार्य >> बाँके २ मा काका भतिजबीच प्रतिष्पर्धा >> कांग्रेसबाट रुपन्देही ३ मा सुशील गुरुङ उम्मेदवार >> कांग्रेसबाट रूपन्देही २ मा चुन्नप्रसाद पौडेल उम्मेदवार >> उम्मेदवारी दर्ता भोलि, के के चाहिन्छन् कागजात ? >> फ्ल्यागशिप–स्तरको रेड्मी टाइटन मजबुतीसहित रेड्मी नोट १५ सिरिज नेपालमा सार्वजनिक >> उमेदवारी दर्ताको मिति संशोधन हुँदैन: निर्वाचन आयोग >> सञ्चारमन्त्री खरेलले दिए राजीनामा >> माटाेकाे ढिस्काेले पुरिदा एकजनाको मृत्यु >> एनसेल र भाटभटेनीद्वारा टी–२० विश्वकपका मर्चेन्डाइजमा २० प्रतिशतसम्म छुट अफर >> टी-20 विश्वकप: सेन्सी क्याम्पेनमा सुर्खेतका दिवस खत्री विजेता, वानखेडे स्टेडियममा नेपाल खेल प्रत्यक्ष हेर्ने अवसर >> कांग्रेसबाट गुल्मी १ मा चन्द्र भण्डारी र २ मा भुवन श्रेष्ठ उम्मेदवार >> टिभीएस अपाचे रेसिङ एक्सपिरियन्सको नेपालमा सफल डेब्यु सम्पन्न >> मन्त्री जगदीश खरेलले राजीनामा दिई रास्वपाबाट चुनाव लड्ने तयारी >> दुर्गा प्रसाईं पोखराबाट पक्राउ >> राष्ट्रिय जनमोर्चा २२ जिल्लामा चुनाब लड्ने, यी हुन् उम्मेदवारहरु

लुम्बिनीसहित तीन प्रदेशका ३६ जिल्लामा कार्वन उत्सर्जन न्यूनीकरण कार्यक्रम

४ पुष २०८१, बिहीबार
४ पुष २०८१, बिहीबार

रोल्पा, ४ पुस ।
लुम्बिनी प्रदेशका बाह्र जिल्ला सहित गण्डकी र वागमती प्रदेशका ३६ जिल्लामा कार्वन उत्सर्जन न्यूनिकरण कार्यक्रम सुरु भएको छ । उष्ण प्रदेशीय वनको विनाश रोक्न तथा उत्सर्जन घटाउन वन वित्त बढाउने साझेदारी कार्यक्रम सुरु भएको हो । सो कार्यक्रम ५ वर्षका लागी सन् २०२६ सम्म चल्ने वताइएको छ ।
सदरमुकाम लिवाङमा आयोजित जिल्ला स्तरीय सहमती परामर्श कार्यक्रममा आयोजनाको वारे जानकारी गराइएको थियो । सामुदायिक वन उपभोक्ता समूहका प्रतिनिधि र नेपाल आदीवासी जनजाती महासंघका प्रतिनिधि संलग्न सहमती परामर्श कार्यक्रममा उपस्थित सहभागिहरूले कार्यक्रम संचालन गर्न अनुमती पत्रमा हस्ताक्षर गरेका थिए । वन श्रोतको प्रत्यक्ष संरक्षण गर्ने उपभोक्ताहरूको सहमतिका आधारमा मात्रै कार्यक्रम अघि वढ्ने भएकाले यस्तो कार्यक्रम आयोजना गरिएको हो सामुदायिक वन उपभोक्ता महासंघका लुम्विनी प्रदेश अध्यक्ष कल्पना भण्डारीले जानकारी दिईन ।
कार्यक्रम अवधिभर ५० लाख टन कार्वन उत्सर्जन न्यूनिकरण हुने वताइएको छ । कार्वन उत्सर्जन न्यूनिकरण गरे वापत प्रति टन कम्तिमा दश डलरका दरले नेपाल सरकारले भुक्तानी पाउने छ । वन श्रोतको संरक्षण गरी कार्वन उत्सर्जन कटौतीमा भूमिका खेलिरहेका समुदायको अधिकारको रक्षा, परम्परागत तथा प्रथाजनित अभ्यासको संरक्षण र जीविकोपार्जनमा समेत असर नगर्ने गरी उनीहरूको सहभागितामा कार्यक्रम अघि वढ्ने सामुदायिक वन उपभोक्ता महासंघ वागमती प्रदेशका अध्यक्ष विनोद सापकोटाले जानकारी दिए । स्थानीय समुदायको सहमती परामर्श पश्चात मात्रै कार्यक्रम अघि वढ्ने सापकोटाको भनाई छ । कार्यक्रममा नर्वे, वेलायत, अमेरिका र दक्षिण कोरिया सहित चार मुलुक र २५ भन्दा वढी प्रमुख नीजि कम्पनी आवद्ध छन ।
कार्यक्रममा दीगो वन व्यवस्थापन, वन डढेलो व्यवस्थापन, प्राकृतिक पुर्नउत्पादन तथा पुर्नस्थापना, हरित विकास, वैकल्पिक उर्जा प्रवद्र्धन, मानव वन्यजन्तु द्वन्द्व, चरिचरण व्यवस्थापन लगायतका कृयाकलाप गरिने वताइएको छ । वन कार्वन खरिद कर्ताले नेपाल सरकारलाई उपव्ध गराएको वजेट मध्ये अर्थमन्त्रालय मार्फत ८० प्रतिशत वन मन्त्रालय मार्फत र २० प्रतिशत अर्थमन्त्रालय मार्फत खर्च हुने भएको छ । यसरी प्राप्त वजेट मध्ये १० प्रतिशत संचालन खर्च, ५ प्रतिशत नीजि वन धनीहरूलाई, ५ प्रतिशत समूहमा आवद्ध नभएका सदस्यहरूलाई र ८० प्रतिशत समुदायमा आधारित वन व्यवस्थापन समुह तथा वन व्यवस्थापन गर्ने सरकारी निकायहरूमा जाने सुनिश्चितता गरिएको छ । वन व्यवस्थापन प्रणालीको क्षेत्रफल अनुसार बाँडफाँड हुने र उत्सर्जन न्यूनीकरण हुने कृयाकलापहरूमा खर्च हुनुपर्ने सुनिश्चितता गरिएको छ ।
कार्यक्रममा समुदायलाई अधिकारवालाको रूपमा पहिचान गर्नुका साथै उनीहरूको अधिकारको सम्मान गरी प्रथाजनित अभ्यासको संरक्षण मार्फत सक्रिय सहभागिताका साथ अघि वढाईने आदीवासी जनजाती महासंघ संघीय परिषद सचिव भद्राकुमारी वरामले जानकारी दिईन ।
कार्यक्रम संचालन हुने तीन प्रदेशका ३६ जिल्लाका १२ हजार ४७५ सामुदायिक वन उपभोक्ता समूह रहेका छन । कार्यक्रम लागु हुने क्षेत्रका १७ लाख २२ हजार ९३० घरधुरीका ११ लाख २१ हजार ९३९ हेक्टर क्षेत्रफल वन व्यवस्थापन गर्दै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?