ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूबीच संयुक्त संवाद

४ पुष २०८१, बिहीबार
४ पुष २०८१, बिहीबार

दाङ, ४ पुस ।

कर्णाली नदीको स्रोतको उपयोग र संरक्षणसँग सम्बन्धित समस्या समाधान गर्न लुम्बिनी र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीहरूको संयुक्त संवाद सम्पन्न भएको छ । बुधबार गेरुवा गाउँपालिका अन्तर्गत ओखरिया इन्टेक क्षेत्रमा आयोजित संवादले दुवै प्रदेशको सहभागितामा सुझाव कार्यदल गठन गर्ने निर्णय गरेको छ ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिवको संयोजकत्वमा गठित कार्यदलमा सुदूरपश्चिम प्रदेश सरकारका सचिव, दुवै प्रदेशका वन मन्त्रालयका प्रतिनिधि, नदी तटीय क्षेत्रका स्थानीय तहका प्रतिनिधि, निकुञ्ज, र नापी कार्यालयका प्रतिनिधि सदस्य रहनेछन्। कार्यदलको सदस्य सचिवमा संवाद समूहको प्रतिनिधि रहने निर्णय गरिएको छ।

समस्या पहिचान र समाधानको खाका

कार्यदलले कर्णाली नदी क्षेत्रसँग सम्बन्धित तीन तहका सरकारहरूबीचको समस्या पहिचान, वर्गीकरण, र समाधानका लागि विकल्पसहित प्राथमिकता निर्धारण गरी सुझाव दिने जिम्मेवारी पाएको छ। यस पहलले कर्णाली नदीको स्रोत संरक्षण, सदुपयोग, र सीमाना समस्या समाधानमा ठोस आधार तयार गर्ने विश्वास लिइएको छ।

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्राकृतिक स्रोतको संरक्षण र सीमाना समस्या समाधान गर्न सुझाव कार्यदल महत्वपूर्ण हुने बताए । उनले भने, “समस्या समाधानका लागि स्थानीय, प्रदेश, र संघीय सरकारको भूमिकाबारे स्पष्ट योजना तयार गरिनेछ। दुवै प्रदेशले सहकार्य गरी समाधानको निकास निकाल्नेछौं।“

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले कार्यदलले ऐन–कानुनको अध्ययन, हालसम्म भएका कामको दस्तावेजीकरण, र बजेट तथा कार्यक्रमको विवरण संकलन गर्ने बताए। “संघीयतालाई बलियो बनाउन प्रदेशस्तरीय सहकार्य र समन्वय जरुरी छ, जसको सुरुवात लुम्बिनी र सुदूरपश्चिमबाट भएको छ,“ उनले भने।

निकुञ्ज ऐन संशोधनको माग

मुख्यमन्त्री आचार्यले २०२९ सालमा बनेको निकुञ्ज संरक्षण ऐन संशोधनको आवश्यकता रहेको बताए। “यो ऐनलाई समयानुकूल बनाउन प्रधानमन्त्रीसँग पनि प्रस्ताव राखिसकेका छौं,“ उनले भने।

संवादमा लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिना, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री सीता शर्मा चौधरी, सुदूरपश्चिमका भौतिक पूर्वाधार विकास मन्त्री सुरेन्द्र पाल, र आर्थिक मामिला राज्य मन्त्री प्रकाश वमको सहभागिता थियो।

गत वर्ष पनि दुवै प्रदेशका मुख्यमन्त्रीहरूबीच यस्तै संयुक्त संवाद भएको थियो। यस पटकको संवादले समस्या समाधान र स्रोत व्यवस्थापनमा ठोस नतिजा ल्याउने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?