© २०२३
दाङ ,४ पुस ।
लैङ्गिक समानता र समाजिक समावेशीकरण प्रवद्र्धनका लागि महिला पत्रकारलाई अभिमुखिकरण कार्यक्रम दाङको घोराहीमा सम्पन्न भएको छ । ग्लोबल एटुजेड कन्सल्टेन्टको आयोजना एवम् मानव कल्याण समाज तथा वातावरण संरक्षण केन्द्र दाङ र नेपाल वान एचडीको समन्वयमा उक्त अन्तत्र्रिmया कार्यक्रम भएको हो । कार्यक्रमका सहभागीले सहजता र सहुलियतका लागि महिलाहरुलाई पत्रकारितामा प्रयोग गर्ने गरिएको बताउँदै यसका लागि पत्रकार महिलाहरु प्रतिस्पर्धामा जान जरुरी रहेको बताए ।
कार्यक्रममा घोराही उपमहानगरपालिकाका नगर उपप्रमुख हुमा डिसीले पत्रकार महिलाले समय अनुसार आफ्नो क्षमता विकास गर्दै जानुपर्ने बताइन् । उनले पत्रकार महिला कार्यरत सञ्चार सस्थामा महिलामैत्री वातावरण हुनुपर्ने बताइन् । परिवार, घर सबैको व्यवस्थापन गरेर पत्रकारितामा निरन्तर खट्ने पत्रकार महिलालाई उचित पारिश्रमिक दिनुपर्ने उनको धारणा थियोे ।
कार्यक्रममा पत्रकार महासंघ दाङका निबर्तमान अध्यक्ष दुर्गालाल केसीले पत्रकार महिलाको सख्यामा वृद्धि गर्ने र उनीहरूलाई पेसामा स्थायित्व कसरी कायम राख्ने भन्ने विषय चूनौतीपूर्ण रहेको बताए । सञ्चारगृहले यस तर्फ ध्यान दिनुपर्ने बताए ।
ग्लोबल एटुजेड कन्सल्टेन्टका कार्यकारी निर्देशक प्रदिप मजगैँयाले सामाजिक समावेशीकरण र समानतका विषयलाई उठाउँदै गर्दा मिडिया हाउसहरुमा लैंगिक समानता कायम हुन नसकेको बताए । समावेशीता र समताका आधारमा पत्रकारितामा महिलाको सहभागिता हुनुपर्ने र यस्ता विषय पत्रकार महिलाले उठाउनुपर्ने बताए ।
राज्य तहबाटै यसको कार्यान्वयन नहुँदा पत्रकारितामा महिलाहरुको स्थायित्व कम हुँदै गएको प्रति चिन्ता समेत व्यक्त गरेका छन् । संवैधानिक व्यवस्था पूर्ण रुपमा कार्यान्वय नहुँदा सम्म पत्रकारितामा महिलाहरुको स्थायीत्व कायम गर्न समस्या हुने बताएका थिए।
पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष दुर्गालाल केसी, नयाँ युगवोध दैनिककी सम्पादक लक्ष्मी आचार्यले लैंगिक समानता र सामाजिक समावेशीकरण, सञ्चारमाध्यममा महिलाको भूमिका , अवस्था र चुनौतीका बारेमा प्रस्तुति दिएका थिए । नेपाल वान एचडी सञ्चालक मोनिका सिंहले कार्यक्रमको विषयवस्तुका बारेमा जानकारी गराएकी थिइन् ।