Butwal Today

जनकपुर बोल्ट्सले टस जितेर पहिले बलिङ गर्ने निर्णय

४ पुष २०८१, बिहीबार
अ+
अ-

काठमाडौं। 

नेपाल प्रिमियर लिग (NPL) २०२४ को दोस्रो क्वालिफायरमा जनकपुर बोल्ट्स र कर्णाली याक्सबीच खेल भइरहेको छ। जनकपुरले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको छ।

यस खेलको विजेता फाइनलमा स्थान बनाउनेछ र सुदूरपश्चिमसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ। दुवै टिममा पछिल्ला खेलबाट एक-एक परिवर्तन गरिएको छ।

जनकपुर बोल्ट्स प्लेइङ ११: आसिफ शेख, आकाश त्रिपाठी, मयन यादव, लाहिरु मिलान्था, शुभ कंसाकार, हर्श थाकर, जिम्मी नीशम, अरनिको यादव, मोहम्मद मोहसिन, शेर मल्ल, किशोर महतो, ललित राजवंशी

कर्णाली याक्स प्लेइङ ११: जयकिसन कोल्सावाला, चाडविक वाल्टन, विलियम बोसिस्टो, जिसान मक्सुद, देव खनाल, गुल्सन झा, अर्जुन घर्ती, सोमपाल कामी, नन्दन यादव, विपिन प्रसाद शर्मा, युनिसविक्रम सिंह ठकुरी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?