ट्रेंडिंग:

>> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट

कपिलवस्तुमा हिरोका दुई नयाँ उत्कृष्ट मोडेलका मोटरसाइकल सार्वजनिक

४ पुष २०८१, बिहीबार
४ पुष २०८१, बिहीबार

जितपुर, ०४ पौष ।
कपिलवस्तु, चारनम्बरस्थित श्री सिद्धार्थ ट्रेडसले बुधबार दुई नयाँ हिरो मोटरसाइकल सार्वजनिक गरेको छ । हिरो मोटोकर्पका उत्कृष्ट मोडेलहरू एक्स्ट्रिम १६० आर फोरमी र एक्स्ट्रिम १२५ आर अब कपिलवस्तुमा पनि उपलब्ध हुने भएका छन् ।
शोरुमका सञ्चालक नारायण पौडेलका अनुसार हिरोले विश्वव्यापी रुपमा उत्कृष्ट उत्पादनहरू बजारमा ल्याउने प्रतिबद्धता पूरा गरिरहेको छ । यो क्रममा नयाँ मोडेलहरूको सार्वजनिक भएको हो। उनले यी मोटरसाइकललाई शक्तिशाली, आकर्षक र उच्च गुणस्तरयुक्त भनेका छन्। सिद्धार्थ ट्रेडसले १८ वर्षदेखि सिजीका उत्पादनहरू आधिकारिक रूपमा विक्री गर्दै आएको जानकारी समेत उनले दिए ।
कार्यक्रममा कपिलवस्तु उद्योग वाणिज्य संघका अध्यक्ष गणेश बहादुर क्षेत्रीले शोरुमको योगदानको प्रशंसा गर्दै सार्वजनिक मोटरसाइकलहरूले सफलता पाउने विश्वास व्यक्त गरे। अन्य वक्ताहरूले पनि हिरोका उत्पादनहरू विगतदेखि नै उपभोक्तामाझ लोकप्रिय रहेको बताए ।
हिरो मोटोकर्पका एसिया सेल्स म्यानेजर नेत्र कुँवरले सार्वजनिक मोटरसाइकलहरूको विशेषता र मूल्यबारे जानकारी दिएका थिए । उनका अनुसार, एक्स्ट्रिम १६० आर फोरभी (प्रो) को मूल्य ३ लाख ८४ हजार ९०० रुपैयाँ र एक्स्ट्रिम १२५ आर को मूल्य सीबीएस भेरियन्टका लागि २ लाख ८९ हजार ९०० रुपैयाँ तथा एबीएस भेरियन्टका लागि ३ लाख ११ हजार ९०० रुपैयाँ तोकिएको छ । युवाहरुलाई लक्षित गरेर सार्वजनिक गरिएको उक्त मोटरसाइकल लन्च भएकै दिन कपिलवस्तुमा ९ वटा मोटरसाइकल बिक्रि भएको ट्रेडर्सका सञ्चालक नारायण पौडेलले बताए ।
यी दुवै मोडेलहरू नवलपरासीस्थित सीजी इन्डस्ट्रियल पार्कमा अत्याधुनिक असेम्ब्ली प्लान्टमा तयार भएका हुन् । त्यहाँ एक्सपल्स २०० फोरभी, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस र जुम ११० स्कूटर पनि असेम्बल गरिन्छ ।
कार्यक्रमको सञ्चालन सेल्स इन्चार्ज शिव पौडेलले गरेका थिए भने स्वागत मन्तव्य म्यानेजर बाबुराम पौडेलले राखेका थिए । पहिलो ग्राहकका रूपमा बाणगंगा नगरपालिका–५ का रमेश पोख्रेललाई चाबी हस्तान्तरण गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?