Butwal Today

मनाङमा ४.७ म्याग्निच्युडको भूकम्प, बझाङमा पनि तीन पटक भूकम्पको धक्का

४ पुष २०८१, बिहीबार
अ+
अ-

काठमाडौं।

आज बिहान मनाङ जिल्लामा ४.७ म्याग्निच्युडको भूकम्प गएको छ। मनाङको नेस्याङ केन्द्रविन्दु आसपास भूकम्प गएको बताइएको छ। भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बिहान ७ बजेर ३७ मिनेटमा भूकम्पको धक्का महसुस भएको जानकारी दिएको छ। अहिले सम्म भूकम्पले कुनै ठूलो क्षति पुर्‍याएको खबर भने आएको छैन।

यसअघि बझाङमा पनि लगातार दुई दिन बुधबार र बिहीबार तीन पटक भूकम्पको धक्का महसुस भएको थियो। बुधबार दिउँसो ३ बजे बझाङको धमेना केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प आएको थियो। यसअघि मंगलबार पनि ४.३ म्याग्निच्युडको भूकम्प आएको थियो।

नेपालको भूगर्भीय स्थिति उच्च जोखिमपूर्ण छ, विशेषतः पश्चिम नेपालको भूगर्भमा ऊर्जा संचित भएको कारण थप जोखिम रहेको मानिन्छ। यसैले, भूकम्प प्रतिरोधी संरचना बनाउनु र उद्धारको तयारीमा जोड दिनुपर्ने आवश्यकता छ। विशेषज्ञहरूको अनुसार साना भूकम्पका धक्कालाई सकारात्मक रुपमा लिनु आवश्यक छ, यसले भूगर्भीय ऊर्जा बाहिर निस्कन मद्दत पुर्‍याउँछ।

नेपालमा गत वर्ष कात्तिक महिनामा जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्पले १५० भन्दा बढी व्यक्तिको ज्यान लिएको थियो। त्यस्तै, २०७२ सालको विनाशकारी भूकम्प जाँदा ८ हजार ९७० जनाको ज्यान लिएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?