Butwal Today

कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दियो

४ पुष २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, ४ पुस ।

नेपाल प्रिमियर लिग (NPL) को दोस्रो क्वालिफायरमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई ११९ रनको लक्ष्य दिएको छ।

टस हारेर ब्याटिङमा उत्रिएको कर्णाली याक्सले २० ओभरमा ९ विकेट गुमाएर ११८ रन बनायो। कर्णालीका प्रमुख रन बनाउने ब्याट्सम्यानहरूमा गुलशन झा २५, देव खनाल २४, र विलियम बसिस्टो १४ रनमा आउट भए। जिद मक्सुद, युनिस ठकुरी १२-१२ रन बनाए भने चाडविक वाल्टन ११ रनमा आउट भए। कप्तान सोमपाल कामी पाँच रनमा आउट भए, जबकि अर्जुन घर्ती द्ई, जयकिसन कोल्सावाला र नन्दन यादव क्रमशः २, १ र ४ रनमा आउट भए।

जनकपुर बोल्ट्सको बलिङतर्फ ललित राजवंशी, जिमी निसम र मोहम्मद मोहसिनले दुई-दुई विकेट लिए भने हर्ष ठाकर र शेर मल्लले एक-एक विकेट प्राप्त गरे।

जनकपुरले हारका बावजुद आज दोस्रो क्वालिफायर खेलिरहेको छ। कर्णाली याक्सले एलिमिनेटरमा चितवन राईनोजलाई २१ रनले हराउँदै दोस्रो क्वालिफायरमा स्थान बनाएको थियो।

आजको जित्ने टोलीले फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।