ट्रेंडिंग:

>> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने

शिक्षकको सरुवा हुँदा विद्यार्थी आन्दोलित

३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

चन्द्रौटा, ३ पुस ।
कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर–६ मा रहेको एक विद्यालयका विद्यार्थीहरू आन्दोलित भएका छन् । त्रिभुवन आदर्श माध्यमिक विद्यालयमा अध्यापनरत शिक्षक पुरुषोत्तम अर्याललाई नगरपालिकाले सरुवा गरेपछि विद्यार्थीहरू मंगलबार आन्दोलित बनेका हुन् ।
विद्यार्थीहरूले शिक्षक अर्यालले अध्यापन गराएको भन्दै विद्यार्थीहरू आन्दोलन गरेको कक्षा १० मा अध्ययनरत विद्यार्थी संजय प्रसाद चौधरीले बताए । किन शिक्षकलाई सरुवा गरिएको बताउँदै के कस्ता कारणको जानकारी पाउने माग गर्दै आन्दोलन गरिएको चौधरीले बताए । यस्तै अर्का विद्यार्थी ओम यादवले उनी राम्रो शिक्षक रहेको प्रशंसा गर्दै सरुवा नगर्ने माग रहेको उनको भनाइ छ ।
सोही विद्यालय कक्षा १० मा अध्यनरत कविता पालले मंगलबार विहानैबाट १ कक्षादेखि १० सम्मका करिब ७ सात सय विद्यार्थीहरू आन्दोनरत रहेको बताउँछिन् । पढाईको कुरा मात्रै नभएर विद्यालयको हरेक क्रियकलापमा सभागिता गराउन प्रभावकारी भूमिका खेलेको समेत उनको जिकिर छ ।
यता शिक्षक अर्यालले आफू माध्यमिक तहको स्थायी विज्ञान शिक्षक रहेको बताउँदै २०७१ भदौ १८ गतेदेखि यहि विद्यालयमा रहेको बताए । आफ्नो सरुवा भएपनि जान तयार रहेको बताउँदै विद्यालयबाट रवाना पत्र नपाउँदा जान नसकेको बताए । उनका अनुसार व्यवस्थापन समितिले स्थायी दरबन्दीसँग राहत कोटा नसाट्ने निर्णय गरेको छ । सोही अनुसार नगएको कठिनाई नभएको उनी बताउँछन् ।
आफूले नगरपालिका विपरित जान नसक्ने जनाउँदै सरुवाविरुद्ध विद्यार्थीहरूले आन्दोलन गरेको जानकारी पाएपछि विद्यालयमा गई सम्झाईबुझाई गर्दा पनि नमानेको उनले बताए । आफूले विद्यालयलाई दिएको नतिजा प्रभावकारी भएर विद्यार्थीहरूले सरुवा नगराउन माग गरेको हुनसक्ने शिक्षक अर्यालले बताए ।
यस्तै विद्यालयको प्रधानाध्यापक अर्जुन प्रसाद लोहरले २०८१ बैशाख १२ गते नगर शिक्षा समितिले अर्यालको काज सरुवा गरेको बताए । उनका अनुसार सरुवा रोक्न विद्यालय व्यवस्थापन समितिले नगरपालिकालाई आग्रह गरेको छ । पुरुषोत्तम अर्याल प्रभावकारी शिक्षक रहेकोले सरुवा नगर्ने, विद्यालय व्यस्थापन समिति, विद्यार्थी र शिक्षकहरूको माग छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कुनाल प्रताप शाहलाई यसबारे बुझ्न खोज्दा सम्पर्क भने भएको छैन् ।
यता नगरपालिका शिक्षा, युवा तथा खेलकुुद शाखा प्रमुख पूर्ण बहादुर विश्वकर्माले निर्णय विपरित कार्य गर्न नहुने बताउँदै सरुवा भएको स्थानमा कार्यमा जानुपर्ने उनले जनाए । शिवराज नगर शिक्षा समितिले गरेको निर्णय शिक्षक अर्यालले नमाने कानुन अनुसार कार्वाही गर्ने उनले बताए । नगरपालिकाले मातहातमा रहेको सबै विद्यालयका शिक्षक केहि महिना पहिले सरुवासँगै अर्याललाई समेत प्रकाश माध्यमिक विद्यालय सुन्दरीडाँडा कपिलवस्तुमा नै सरुवा गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?