ट्रेंडिंग:

>> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न

मलखाद र सिंचाईको लागि किसान संघ क्रान्तिकारीद्वारा सरकारलाई ज्ञापन पत्र

३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

रौतहट, ३ पुस ।

मलखाद सिंचाई लगायत किसानहरुको विभिन्न समस्या समाधानको लागि अखिल नेपाल किसान महासंघ (क्रान्तिकारी) ले रौतहटका सिडियो तीन वटै सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

किसान महासंघ (क्रान्तिकारी) का जिल्ला इन्चार्ज एवं केन्द्रीय स्थायी समिति सदस्य रामविनय कुमार यादवको नेतृत्वमा गएको टोलीले सिडियो हिरालाल रेग्मीमार्फत नेपाल सरकार, स्थानीय र प्रदेश सरकारको गम्भीर ध्यानाकषर्ण गराउन १८ बुन्दे ज्ञापन पत्र बुझाएको हो।

कृषि प्रधान देश नेपालको आर्थिक विकासमा कृषकको सर्वाधिक योगदान रहेको र देशको आर्थिक सामाजिक शान्ति सुव्यवस्था समेतमा किसानको सहभागिता छ तर किसानको उचित मूल्याँकन सहित कृषी पेशालाई मर्यादित एवं विकासमुलक बनाई देशको सर्वागिण विकासलाई प्राथमिकता दिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

खेती किसानी गर्ने किसानलाई पेशाबाट उठिवास बनाई अपहेलित बनाई, कृषक लाई तिरष्कार भईरहेको अवस्थामा पेशाबाट पलायन हुनबाट रोक्न सम्बध निकायको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउन बाध्य भएको जिल्ला इन्चार्ज  यादवले बताएका छन्।

सरल तथा शुलभ दररेटमा  मलको नियमित आपूर्ती व्यवस्था मिलाउनुपर्ने, कृषि सामग्री संस्थान÷साल्टट्रेडिंग कर्पोरेशन तथा स्थानीय सरकारको समन्वयमा उचित दरमा  विक्री वितरण गर्नुपर्ने, स्थानीय पसलमा प्रति बोरा ३५०० मा विक्री गर्ने विचौलिया वा दोषि संघ संस्थाको अनुमति खारे गर्नुपर्ने, किसानको बालीमा, बदेल, हात्ती निलगाई घोडसमया आदी बन्य जन्तुबाट हुने क्षतिको नियन्त्रण गर्नुपर्ने लगायत माग रहेको १८ बुंदे माग राखेर ज्ञापन पत्रमा उल्लेख गरिएको छ।

ज्ञापन पत्र सम्बन्धमा यथासिघ्र सम्बोधन नभएमा किसानहरु चरणबद्ध आन्दोलनमा होमिन बाध्य हुने जिल्ला अध्यक्ष भगतनारायण यादवले चेतावनी दिएका छन्।

ज्ञापन पत्र बुझाउने टोलीमा जिल्ला अध्यक्ष भगतनारायण यादव, केन्द्रीय सदस्य हिरा थापा र जिल्ला सचिव नरेन्द्र झा लगायतको सहभागिता रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?