ट्रेंडिंग:

>> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर

रूपन्देहीको विकासमा मेलाको योगदान

३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

बुटवल उद्योग बाणिज्य संघको आयोजनामा लगानी लुम्बिनीमा समृद्धि देशमा भन्ने नाराका साथ २४ औं संस्करणको औद्योगिक व्यापार मेला आजदेखि सुरु हुँदैछ । औद्योगिक व्यापार मेलाले यस क्षेत्रमा औद्योगिक जागरण सिर्जना गर्न महत्वपूर्ण सहयोग पुग्ने ठानिएको छ । त्यसका साथै बुटवल लगायत समग्र रूपन्देहीको आर्थिक गतिविधि बढाउन मेला सहयोगी हुने विश्वास गरिएको छ । मेलाले स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्न समेत सहयोग पुग्ने अपेक्षा आयोजकले राखेका छन. । त्यसैगरी बुटवलमा आयोजना हुने मेला तथा महोत्सवको विशिष्ट पहिचानलाई व्यापकता दिन र यस क्षेत्रमा उद्यमशीलता विकासको माध्यमबाट नयाँ औद्योगिक लगानी र व्यवसायिक क्षेत्रहरूको खोजी गरी रोजगारीका अवसरहरू सिर्जना गर्न अझ परिस्कृत रूपमा यो मेलाको आयोजना गरिएको आयोजक बुटवल उद्योग बाणिज्य संघको दावी छ । निश्चित रूपमा औद्योगिक उत्पादनको प्रवद्र्धन, कृषि र पर्यटनको प्रवद्र्धन तथा व्यबसायिकरणका लागि बिशेष महत्वका साथ आयोजना गरिएको औद्योगिक व्यापार मेलाले कृषि, सेवा र हस्तकलाको प्रवद्र्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ । मेलामा औद्योगिक प्रदर्शनी, हस्तकला प्रदर्शनी, कृषि प्रदर्शनी र प्रविधिको प्रदर्शनी हुँदा यस क्षेत्रमा मेलाको पक्षमा जागरण सिर्जना हुनेछ । आयोजकले मेलालाई अहिलेसम्म भएका मेला भन्दा धेरै फरक बनाउने गरी मेलाको तयारी भएकोले मेला आर्थिक विकासमा कोसेढुंगा सावित हुने विश्वास गरिएको छ । मेलाको ५ लाख दर्शकले अवलोकन गर्ने र १० करोडको आर्थिक कारोवार हुने लक्ष्यले नै मेलाको सफलता झल्किएको छ । अर्कोतर्फ मेलामा औद्योगिक प्रविधि, नेपाली उद्योग र तिनको उत्पादन, अर्गानिक बस्तुको प्रदर्शनीले उद्योग, उत्पादन र उपभोक्तावीचको सम्वन्ध अझै नजिक ल्याउन सहयोग पुग्ने विश्वास गरिनु अन्यथा होइन । उत्पादित बस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, पर्यटन संभावनाको क्षेत्र पहिल्याउने, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने आयोजकको योजनाले यो मेला सफल हुने कुरामा सन्देह छैन ।

बुटवलका विभिन्न व्यावसायीक संघ संस्थाले आलोपालो गर्दै मेला, प्रदर्शन र महोत्सव गर्दै आएका छन । यसरी आयोजना हुने मेला, प्रदर्शनी र महोत्सवले निश्चित रूपमा स्थानीय गतिविधि बढाउन सहयोग पुग्छ । स्थानीय उत्पादन प्रवद्र्धन गर्न टेवा पुग्छ भने त्यसका कारण औद्योगिक एवं व्यापारिक गतिविधि बढाउन सहयोग पुग्छ । त्यसैपनि अहिले मुलुक आर्थिक रूपमा त्यति सबल छैन । सरकारलाई आर्थिक श्रोत जुटाउन र खर्च धान्न मुस्किल परिरहेको छ । बुटवलमै व्यवसायको अवस्था नाजुक छ । यो विद्यमान परिस्थितिको अन्त्यका लागि बुटवल मेला कोसेढुंगा सावित हुने अपेक्षा गरिएको छ । मुलुकमा आर्थिक संकटको यो घडीमा समेत मेला आयोजना हुनु राम्रो संकेत हो । भैरहवा र मणिग्राममा भर्खरै महोत्सव र मेला सम्पन्न भएको छ । त्यो महोत्सवले त्यस क्षेत्रको चहलपहलमा बृद्धिमात्र भएको छैन, स्थानीय गतिविधि बृद्धि गरि राष्ट्रिय उत्पादनमा सहयोग पुगेको छ भन्ने ठान्न सकिन्छ । वास्तवमा देश संकटमा हुँदा पनि आर्थिक गतिविधि बढ्ने अवस्थाले आशाको संचार गरेको छ । पछिल्लोसमय रूपन्देहीमा भैरहेका मेला र महोत्सवले यस क्षेत्रको उद्योग र व्यापारको क्षेत्र प्रवद्र्धनमा ठूलो टेवा पुगेको छ । भैरहवामा सम्पन्न लुम्विनी महोत्सवले नेपालका उद्योगले उत्पादन गरेका उत्पादन उपभोक्ताले चिन्न र किन्ने मौका पनि पाएका छन । नेपालकै उत्पादनको विषयमा उपभोक्तालाई जानकारी नभएको अवस्थामा महोत्सवले त्यो अवसर जुराएको छ । त्यसैगरी मणिग्राममा सम्पन्न मेलाले पनि यस क्षेत्रको औद्योगिक जागरणमा महत्वपूर्ण सहयोग पुगेको हो । मेला र महोत्सवका गतिविधिले केही आशाातीत संभावनालाई उजागर गरिरहेका छन् । मेला र महोत्सवको चहलपहलले देशलाई आर्थिक सम्मृद्धितर्फ उन्मुख गराउन ठूलो मद्दत गर्दछ । यस प्रकारका मेला महोत्सवलाई आगामी दिनमा पनि प्रवद्र्धन गर्नु आवश्यक छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?