ट्रेंडिंग:

>> आउँदो निर्वाचनका उम्मेदवार कस्ता ? >> काला पहाड बन्दै पर्वत, संरक्षणमा चुनौती  >> केरामा आस मार्दै गहुँ खेतीमा फर्किए किसान >> जाँचबुझ आयोगले बोलायो पूर्वआईजीपी खापुङ र सचिव दुवाडी, आज बयान >> पर्वत समाज कतारको २३औँ वार्षिकोत्सव तथा साधारण सभाको तयारी पूरा >> एनएमबि बैंकद्वारा बुटवल कालिका क्याम्पसलाई आर्थिक सहयोग >> अर्घाखाँची सिमेन्टको गुणस्तरमा गम्भीर त्रुटि >> उम्मेदवार सिफारिसमा ‘एकलौटी निर्णय’ : कांग्रेसभित्रै उर्लियो असन्तोष >> लोकसेवाले जोड्यो नाता : एउटै कार्यालयमा गुरु–चेलाको संगत >> कालिका कलेजको १२ औं वार्षिकोत्सव सम्पन्न >> नवलपरासी काङ्ग्रेसमा समीकरण फेरिने संकेत, चौधरीको नाम सिफारिस नगर्न सन्तुको अडान >> काठमाण्डु गोर्खाजलाई हराउँदै लुम्बिनी लायन्स दोस्रो क्वालिफायरमा प्रवेश >> मैले कुनै झोकमा उम्मेदवारी घोषणा गरेको छैन: ईश्वर पोखरेल >> काठमान्डु गोर्खा लुम्बिनीविरुद्ध पहिले ब्याटिङ गर्दै >> सेयर बजार २६०६ अंकमा झर्‍यो >> विश्वविद्यालयमा प्रधानमन्त्री कुलपति हुने व्यवस्थामा संशोधन हुने : प्रधानमन्त्री कार्की >> भ्रष्टाचार अन्त्य र सुशासनका लागि सरकारको विशेष ध्यान छ : सञ्चारमन्त्री खरेल >> भन्सार विभाग र एजेन्टबिच सहमति, देशभरका भन्सार कार्यालय खुल्ने >> सहकारी सञ्चालकहरूलाई दोहोरो पद तत्काल छाड्न विभागको निर्देशन >> इन्डोनेसियाको जाकार्तामा कार्यालय भवनमा आगलागी, २२ जनाको मृत्यु >> एमाले राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरुको टुंगो लाग्यो >> सरकारले जेन–जी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको छ : स्वास्थ्यमन्त्री गौतम >> आज सुनको मूल्य तोलामा २ सय रुपैयाँले बढ्यो >> डीएसपी मधु नेपाल बहुविवाहको कसुरमा पक्राउ >> मनोज सिलवाल भन्छन्– ७८ दिन जिम्मेवार भएर काम गरेँ >> मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की >> राष्ट्रिय महाधिवेशनमा नीतिगत बहस गर्नु उपयुक्त होइन- प्रदीप ज्ञवाली >> हितेन्द्र भन्छन् – अबको साढे तीन वर्ष सरकारसँग मिलेर काम गर्छु >> आज पनि देशभरका भन्सार कार्यालय बन्द >> प्राधिकरण फर्किए हितेन्द्रदेव शाक्य >> काठमाडौं–४ बाट कांग्रेसका महामन्त्री गगन थापाको नाम एकल सिफारिस >> रुपन्देही-३ बाट बालकृष्ण खाँणको नाम सर्वसम्मत सिफारिस >> कांग्रेसको सभापतिमा उम्मेदवारी दिने चन्द्र भण्डारीको घोषणा >> अक्षय थारु बाख्रा गोठालो देखि ‘स्टेज स्टारसम्म’ >> ‘मानव अधिकार अझै चिन्ताजनक’  >> भन्सार एजेन्टद्वारा ‘पेन डाउन’ को घोषणा >> स्वास्थ्य बिमामा सुविधा भन्दा ‘सास्ती’ बढी >> अष्ट्रेलियामा १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्ध लागू >> विशेष अदालतमा प्रदीप अधिकारीको बयान: पोखरा विमानस्थलको लागत बढाउन मेरो भूमिका छैन >> एनपीएल : आज एलिमिनेटरमा भिड्दै काठमान्डु र लुम्बिनी, एउटा बाहिरिने >> नयाँ वर्षको स्वागत सहित जलजला समाज कतारको शुभकामना आदान–प्रदान  >> पेशा संकटमा परेपछि अश्वपालक महिलाहरू सिलाइ–कटाइतर्फ >> एक वर्षमा १७४ नयाँ कुष्ठरोगीः बाँके–बर्दियामा जोखिम अझै कायम >> लैङ्गिक हिंसा रोकथाममा ‘डिजिटल सचेतना’ अपरिहार्य >> तानसेनमा नेपाली कम्युनिष्ट पार्टी पाल्पाको एकता सन्देश सभा  >> विराटनगरलाई हराउँदै सुदूरपश्चिम लगातार दोस्रो पटक एनपीएलको फाइनलमा >> भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा शान्ति समाज रुपन्देहीको प्रदर्शन >> सर्वोच्चको परमादेशपछि विदामा बसे सिलवाल, हितेन्द्रले बुधबारदेखि कार्यभार सम्हाल्ने >> इ–सिम दुरुपयोग प्रकरणमा एनसेलको गम्भीर ध्यानाकर्षण >> सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको लक्ष्य

तस्करको फन्दामा जनप्रतिनिधिः नदीको जीवन मास्दै स्थानीय सरकार

३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

लमही, ३ पुस ।
कुनै समय राप्ती नदीमा कलकल पानी बग्थ्यो । भालुबाङको पूल र लमही कोइलाबास अन्तर्गत पर्ने राप्ती नदीको बीचमा बग्ने प्राकृतिक पानीको बहाब पूलको छेउसम्मै आउँथ्यो । परैसम्म नदी बगेको आवाज सुनिन्थ्यिो । माछा र जलचर जीवको बासस्थान राम्रो थियो । नदी तटीय क्षेत्रमा बसोवास गर्ने स्थानीयले माछा मारेरै जीविका चलाउँथे । तर अहिले यो अवस्था छैन् । वर्षायाम बाहेकका दिनमा राप्तीमा पानी बगेको नभई डोजर, टिप्पर चलेको आवाज मात्रै सुनिन्छ ।
देउखुरीका चारवटा स्थानीय तहसँगै छिमेकी जिल्ला अर्घाखाँचीको शीतगंगा नगरपालिकाले राप्ती नदीकै ढुंगागिट्टीमा आँखा गाडेको देखिन्छ । फलस्वरूप नदि बहाब क्षेत्रमा जथाभावी उत्खनन् बढेको छ । दैनिक दर्जन स्क्याभेटरले उत्खनन् गर्ने र दर्जनौं ट्याक्टर, टिप्परले नदीजन्य पदार्थ ओसारपसार गर्छन् । शीतगंगा नगरपालिका अर्घाखाँचीका प्रमुख छविलाल पौडेलले सिंचाई संरचनामा असर नपर्ने गरी नदीजन्य पदार्थको व्यवस्थापन गर्नुपर्ने बताए । ‘नदीमा जोडिएका तीनवटा पालिकाले संयुक्तरूपमा अध्ययन गर्ने, सिंचाई कुलो, बाँधमा कुनै पनि असर नपर्ने गरी नदीजन्य पदार्थको व्यवस्थापनको योजना बनाउनुपर्छ’– उनले भने– ‘नदीले एक छेउमा गिट्टी, बालुवा थुपार्ने भएकाले त्यसको व्यवस्थापन गर्नुपर्छ भन्ने मान्यता हाम्रो हो ।’
अप्राकृतिकरूपमा भइरहेको उत्खननले जस्तोसुकै जोखिमसमेत नित्याउन सक्ने विज्ञहरूको भनाइ छ । नदीलाई प्राकृतिकरूपमै बग्न दिनुपर्ने सुझाव संरक्षणकर्मीहरूको छ । पानीविज्ञ भास्कर चौधरीले नदीलाई प्राकृतिक वहावमै बग्न दिनुपर्ने, यसो नगर्दा विपत निम्तन सक्ने बताउछन । ‘नदीसँग अप्राकृतिक व्यवहार ग¥यौं भने त्यसले पनि आफ्नो अप्राकृतिक रूप देखाउँछ’, उनले भने–‘जथाभावी उत्खनन्ले नदीको प्राकृतिक पनमा ह्रास ल्याउँछ । नदीले धार परिवर्तन ग¥यो भने विपतलाई निम्तो दिएको मानिन्छ ।’ जथाभावी उत्खननका कारण नदीक्षेत्रमा बनेका संरचना झोलुगेंपुल, पक्की पुल, तटबन्ध, सिंचाई आयोजनालाई प्रत्यक्ष असर पार्ने देखिएको छ ।
राप्ती नदीको पानीलाई आधार बनाएर प्रगन्ना कुलो सिंचाई आयोजना सञ्चालनमा छ । नयाँ आयोजनाको रूपमा बड्कापथ सिंचाई आयोजना राप्ती नदीको बायाँ किनारमा निर्माणाधीन छ । बड्कापथले गढवा गाउँपालिकाभित्र पर्ने साविकका तीनवटा गाविसमा पर्ने चार हजार हेक्टर जमिन सिंचाई गर्ने लक्ष्य छ । वर्षेनि राप्ती नदीमा दोहन भइरहने हो भने यी आयोजनालाई पानी अपुग हुने जोखिम देखिन्छ । वर्षामा सिंचाई गर्न स्थानीय खोलाको पानी प्रयोग गर्नुपर्ने बाध्यता छ । हिउँदमा खोलाको पानी नपुग्दा किसानले आफ्नो जमिनमा सिंचाई गर्न वर्षाको पानीमा भर पर्नुपर्ने बाध्यता छ । बाढीको समयमा नहरहरूमा पानी जम्मा गर्ने उपाय छैन । यस्तै राप्तीको पानीमा आश्रित छ प्रगन्ना कुलो सिंचाई आयोजना । पाँच हजार आठ सय हेक्टर जमिनमा सिंचाई पु¥याउँदै आएको छ भने बडकापथ कुलो सिचाइ आयोजनाले त्यतिकै हाराहारी सिचाइ गर्न्र लक्ष्य राखेको आयोजनाका फोल्ड इन्जिनियर रामपुकार साहले बताए । नदीको सतह गरिदै जाँदा पानी अपुग हुने समस्या बढ्न थालेको छ । ‘पानीकै दुःख हो । नदीमा पानी राम्रोसँग बग्ने भएको भए कुनै दुःख हुने थिएन’– प्रगन्ना जलउपभोक्ता मूल समन्वय समितिका अध्यक्ष टंकनाथ चौधरीले भने– ‘नदीबाट कुलो खनेर पानी डो¥याउनुपर्ने बाध्यता छ । किसानको दुःख कसैले देख्दैनन् । राप्तीमा उत्खनन् गर्नुहँुदैन भनेर हामी बोलिरहेका छौं ।’
एउटै पालिकामा १८ क्रसर उद्योग
गढवा गाउँपालिकाभित्र मात्रै १८ वटा क्रसर उद्योग छन् । यी क्रसर उद्योग राप्ती नदीको बालुवा र गिट्टीमा आश्रित छन् । जब क्रसर उद्योग स्थापना हुने लहड चल्यो, त्यसैगरी नदीमाथिको दोहन पनि बढ्दै गयो । बेलाबखत हुने अनुगमनमा क्रसर उद्योग निगरानी गर्ने गरिए पनि प्रभावकारी रूपमा नियमन गर्न सकिएको देखिदैन । २०७७ सालमा मापदण्ड विपरीत सञ्चालनमा रहेका दाङका दशवटा क्रसर उद्योग बन्द गरिएको थियो । बालुवा वासिङको अनुमति लिएर क्रसिङको काम गर्दै आएको फेला परेपछि केही कडाइ गरिएको थियो । ‘क्रसर उद्योगलाई नियमन गर्न सक्ने कुनै निकाय भएन ।
प्रहरी प्रशासनको यसमा मिलोमतो नै हुन्छ’– स्थानीय तथा पत्रकार महेश रिजालले बताए ।– ‘नियमनभन्दा पनि प्रोत्साहन गर्ने गरिन्छ ।’ क्रसर उद्योग खुलेपछि नदीमाथिको परनिर्भरता बढ्दै गएको छ । उत्खननले पानीको सतहलाईसमेत गहिराइदिने भएकाले यसमा गम्भीर भएर सोच्न जरुरी रहेको उहनको भनाइ छ । गढवा गाउँपालिकाका अध्यक्ष यमनारायण पोख्रेलले राप्ती नदीमा बढिरहने उत्खननले भविष्यमा पानीको संकट ल्याउने हो कि भन्ने बारेमा आफुहरू चिन्तित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?