ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

कान्ति माविको ७१ औं वार्षिकोत्सव

३ पुष २०८१, बुधबार
३ पुष २०८१, बुधबार

बुटवल ।

कान्ति माध्यमिक विद्यालय बुटवलको ७१ औं वार्षिक उत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ । कान्ति माविका संरक्षक एवं बुटवल उपमहानगरपालिका वडा नम्बर ४ का वडाअध्यक्ष नरिश्वर शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको उदघाटन बुटवल उपमहानगरपालिका नगरप्रमुख खेलराज पाण्डेले गरेका थिए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख पाण्डेले बुटवल मुलुकको शैक्षिक केन्द्र भएकोले यहाँका हरेक शैक्षिक संस्थाहरुले कान्ति माविको सफलताबाट प्रेरणा लिएर आफ्ना शैक्षिक योजना बनाउन सुझाव दिए । बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवी अर्यालले कान्ति माविको शैक्षिक सफलताले बुटवलको सफलतामा महत्वपूर्ण ईटा थपेकोले आगामी दिनहरुमा प्राविधिक शिक्षा अगाडि बढाउनका लागि नगरपालिकाले सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता जनाए ।

शिक्षा विकास तथा समन्वय इकाई रूपन्देहीका प्रमुख माधव बन्जाडेले कान्ति माविको शैक्षिक गुणस्तर सुधारको प्रयास र शिक्षक कर्मचारीको लगाव र प्रतिबद्धतामा रूपन्देही मात्र नभएर देशकै विद्यालय शिक्षा शिक्षाको लागि गौरवको विषय भएको र यसलाई कायम राखी राख्ने चुनौतीको सामना गर्ने क्षमता कान्ति माविको टिममा रहेको बताए ।

भुतपुर्व विद्यार्थीको संस्थाका अध्यक्ष गोपाल अधिकारीले विद्यालयको शैक्षिक, भौतिक र प्राविधिक सफलताका लागि अल्मुनाई एशोसिएशनले हरेक प्रकारका सहयोग र सहकार्य गर्ने बताए ।

कार्यक्रममा विभिन्न संघसंस्थाहरू, उत्कृष्ट अभिभावक, उत्कृष्ट शिक्षकहरुमा मोहन भट्टराई, केशवराज भण्डारी, खुमराज पौडेल, चन्द्रकला न्यौपाने, कर्मचारी निर्मला देवकोटा र केशव श्रेष्ठ एवम् शिक्षा पत्रकारितामा योगदान पुरÞ्याए बापत पत्रकार विकास पराजुलीलाई सम्मान गरिएको थियो ।

कार्यक्रममा अक्षयकोषदाता, उत्कृष्ट नतिजा प्राप्त गर्ने कक्षा १२, एसईई र कक्षा ८ उत्तीर्ण विद्यार्थीहरु र एमबीबीएस, हन्जिनियरिङ, वन, फार्मेसी, बीडीएस, एएससी नर्सिङ, बीबिीए लगायतमा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल विद्यार्थीहरुलाई सम्मान गरिएको थियो भने नर्सरी देखि कक्षा १२ सम्म अध्यापन गर्ने १०२ जना शिक्षक तथा कर्मचारीहरूलाई नतिजाको आधारमा सम्मान गरिएको थियो । वर्ष शिक्षक ÷ कर्मचारीको रुपमा शिक्षक तथा कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो। विज्ञान प्रदर्शनी, पुस्तक प्रदर्शनी लगायतका कार्यक्रमहरू समेत समावेश गरिएको समारोहमा नगरस्तरीय लोक भजन प्रतियोगिता समेत सम्पन्न भएको थियो।

कार्यक्रममा विद्यालयमा कार्यरत शिक्षक, कर्मचारी तथा विद्यार्थी एवम् विज्ञहरुका लेख रचनाहरु समावेश गरी हरेक वर्ष प्रकाशन गरिने कान्ति दर्पणको विमोचन गरिएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक गोविन्द ज्ञवालीले विद्यालयको प्रगति प्रतिवेदन पेश गरेका थिए । त्यस अवसरमा आइएसओ नेपालका कन्ट्री डाइरेक्टर सुदिप शर्माले विद्यालयलाई आइएसओ प्रमाणपत्र समेत प्रदान गरेका थिए् । अब कान्ति माध्यमिक विद्यालय नेपालमा आइएसओ प्राप्त पहिलो सामुदायिक विद्यालय भएको छ । कार्यक्रममा विद्यार्थीले सचेतनामूलक नाटक र विविध सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालयका खेल प्रशिक्षक महेश खनालले पनि आफ्नो धारणा राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?