ट्रेंडिंग:

>> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद

बालुवा नहट्दा किसानलाई पीडा

२ पुष २०८१, मंगलवार
२ पुष २०८१, मंगलवार

नवलपरासी, २ पुस ।
जिल्लाको रामग्राम नगरपालिका १५ र १६ वडा लक्षित हर्कुई सिंचाई आयोजनाको नहरमा बालुवा हटाउने प्रणाली नबन्दा सिंचाई आयोजनामा बालुवा जम्मा भएर सिंचाई अवरुद्ध हुँदा किसान मर्कामा परेका छन् । करोडौं लगानी गरी निर्माण भएको उक्त आयोजनाको नहरबाट बालुवा बगाउने प्रणाली नबन्दा नहरमा बालुवा जम्मा भएर सिंचाई गर्न नपाएर किसान मर्कामा परेका हुन् ।

सिंचाई प्रणाली बनाउँदा नै नहरबाट बालुवा पुनः त्यही खोलामा बग्ने गरि प्रणाली बनाउनु पर्ने हो, तर सिंचाईका प्राविधिकहरूले उक्त प्रणाली नबनाईदिँदा अहिले नहरमा पुरै बालुवा जम्मा भएर सिंचाई समस्या भई रहेको स्थानीयबासीले बताए । सिंचाई डिभिजन कार्यालयले सिचाई आयोजनाको डिजाईन गर्दा नै बालुवा हटाउने खालको प्राविधिक प्रणाली बनाई दिएन, एक स्थानीयले भने, अहिले बाढीको बेला पानी नहरमा बग्दै बालुवा जम्मा भएको छ । सिचाई गर्ने अवस्था छैन् । बालुवा जम्मा भएर जलभण्डारमा पनि समस्या नै छ । नहर पनि पुरै बालुवाले भरिएको छ । बालुवा हटाउने प्रविधि छैन् । किसानले श्रमदान गरेर बालुवा फाल्ने अवस्था पनि छैन् । सिचाई आयोजना नै त्रुटीपुर्ण भएको आरोप स्थानिय किसानहरूले लगाएका हुन् । बालुवा हटाउने प्रविधिबारे प्राविधिकहरूले नै लापर्वाही गरेको उनको आरोप थियो ।

सिचाई नहरको केही संरचनागत कमजोरी छ,त्यसमा पनि सिचाई डिभिजन कार्यालय र नगरपालिकाले समेत चाँसो नदेखाउँदै तुरिया खोलामा पानी भएर पनि सिंचाई गर्न नपाएको कृषकहरूले बताएका छन् । खोलामा सिल्ट जम्मा भएर प्रभावित बनेको छ, सोही सिल्ट (बालुवा) नहरमा पनि बगेर पुरिएको अवस्था छ, स्थानीय कृषक राधेश्याम सिँह सैथवारले बताए । करोडौँ रुपियाँ लगानी गरि निर्माण गरिएको सिंचाई आयोजनको बाँध नजिकै बालुवा जम्मा हुँदा जल भण्डार कम हुदा आयोजना प्रभावित बनेको छ, उनले भने, जलभण्डार त बालुवाले भरिएकै छ, अहिले जलभण्डार हुँदै बालुवा नहरमा बग्यो र नहरलाई पनि बालुवाले पुरिदिएको छ ।

यो बालुवाको ब्यवस्थापन कस्ले गर्ने ? उनले नहर देखाउदै भने, नगरपालिकालाई भन्ने कि लुम्बिनी प्रदेश सरकारको सिचाई डिभिजन कार्यालयलाई ? नहर बनाउने ठेकेदारले नहर बनाएर आफ्नो भुक्तानी लिएर गए । सिंचाई डिभिजनका प्राविधिकलाई तलब भत्ता र कमिसन भए पुगिहाल्छ, उनले दुखेसो पोखे, किसानको कुरा कस्ले सुनिदिने हो ? किसानले सरकारलाई कर तिर्नछन्, आफ्नो सेवा सुबिधाका लागि तर तर कर्मचारी र नेतालाई त्यसको कुनै मतलब राख्दैन्, अपना काम बन्ता भाडमा जाए जन्ता, उख्खान चरितार्थ भएको छ ।
सिचाई आयोजना भित्र जम्मा भएको बालुवा सफाई नहुदा किसान सिचाई गर्न नपाएर मर्कामा पर्ने भएका छन् । लुम्बिनी प्रदेश सरकार सिचाई डिभिजन कार्यालयको सहयोगमा निर्माण गरिएको उक्त आयोजनाको सर पानी स्रोतको सरसफाई नहुदा आयोजनाको जल भण्डार हुने स्थानमा बालुवा जम्मा भएको स्थानियले बताए । आयोजना निर्माण भयो,तर यसको दिर्घकालिन योजना बन्न नसक्दा सिचाई आयोजना प्रभावित बनेको छ ।

सरकारको करोडौं लगानीको सिंचाई आयोजना डिभिजन कार्यालयको लापर्वाहीले किसानले सिचाई जल पाउन समस्या देखिएको रामग्राम १५ सुक्रौलीका रामकिसुन केवटले बताए । उनले सिचाई आयोजनको बाँधन नजिक जमेको बालुवा देखाउदै भने, सिचाई कार्यालयले यो बालुवा झिक्ने कार्य गरेको छैन् । नहरमा पानी कहाँबाट जान्छ । आयोजना बनेको दुई तिन बर्षसम्म राम्ररी सिचाई भईरहेको थियो । तर अहिले तुरिया खोलाको बाढी र भलले खोलामा बालुवा जम्मा भएको छ ।

खोलाको सफाई पनि नगरपालिको गरेको छैन् । यस बर्ष सिचाई गर्न समस्या नै देखिएको उनले बताए । सिंचाई बाँधले पहिला हुकई, तोनवा, बकेनवा, सुक्रौलीको सयौ विघा जमिनमा सिचाई भएको थियो । खोलाको बालुवा झिकेर विक्रि गर्दा नगरपालिकालाई लाखौ रुपिया राजश्व हुन्थ्यो, उनले भने, किसानलाई पनि फाईदा पुग्थ्यो, तर नगरपालिकाले बेलामा चाँसो नदेखाउदा नगरपालिकालाई राजश्व र किसानको उत्पादनमा घाटा हुने देखिएको छ । नगरपालिकाका खोला सफाई गर्नकै लागि नगरकार्यपालिकाले एक्साभेटर खरिद समेत गरेको थियो । तर खोला सफाईप्रति नगरपालिका नेतृत्वको चासो र्छैन् । खोला सफाईका लागि वातावरणिय प्रभाव मूल्यांकन समेत अहिलेसम्म गराउन नसक्दा ‘सरकारको काम कहिले जाला घाम ?’ उख्खान चरितार्थ बनेको छ । खोला तथा नहरको सिल्ट सफाईका लागि आफु पटक पटक कुरा उठाउदै आएको वडा नं.१५ का वार्ड अध्यक्ष धनपत यादवले बताए । यसबार नगरप्रमुखले चाँसो लिइनु पर्ने बताउँदै उनले जनता प्रति सबै जिम्मेवार हुन पर्छ, । तर अहिलेसम्म नगरपालिकाको कर्मचारी तन्त्रले काम अगाडी बढाउन नसक्दा नगरपालिकामा कर्मचारी र पदाधिकारीको कार्यशैली प्रति नगरबासीले असन्तोष ब्यक्त गर्दै आएका छन् ।

यता आयोजनाको काममा देखिएको समस्याबारे प्रतिकृया दिदै डिभिजन कार्यालयका प्रमुख दामोदर सापकोटाले आफू आएको एक दुई महिना बताएका थिए । पहिलाका कार्यालय प्रमुख र प्राविधिकहरूले पनि त्यसरी त्रुटीपुर्ण काम गर्न नहुने बताए । सिचाई आयोजनाको निर्माण गर्दा नै नहरमा बालुवा जम्मा हुन नदिनका लागि पूर्व तयारी गरि नहरबाटै बालुवा बगाउने गरि संरचना बनाउनु पर्छ । यदि सो आयोजनामा त्यस्तो संरचना बनाईएको छैन,भने त्रुटीपुर्ण नै मान्न सकिन्छ, उनले भने, सो समस्याबारे उपभोक्ता समितिले पनि माग गर्नु परथ्र्यो । यदि समस्या छ भन्ने डिभिजन कार्यालयले पुनः त्यसबारे आवश्यक छानविन गरि संरचना बनाउनका लागि सरकारसँग रकम माग गर्ने छ । आउदो दिनमा आउने समस्या समाधान गर्दै लैजाने डिभिजन कार्यालयको योजना रहेको उनले दाबी गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?