ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

खाङग्रानाकाका नागरिक आधारभूत आबश्यकताबाट बन्चित

२ पुष २०८१, मंगलवार
२ पुष २०८१, मंगलवार

दाङ,२ पुस ।

पातलो बस्ती औलामा गन्न सकिने घर । तोरीबारीले घर आगन सुन्दर देखिएको छ । सबैका घरमा बाख्रा छन् । नजिकै जंगल, जंगलमा मौवाका रुख । मौवाको दाना सुकाएर सबैका घरमा राखिएका छन् । मौवा जंगलमा पाइने एक प्रकारको जडिबुटी हो । यसको मदिरा बनाउनमा बढी प्रयोग गरिन्छ । बस्तीमा पुग्नलाई बाटोको समस्या छ । दाङको राजपुर गाउँपालिका वा नम्वर ६ खाङग्रानाका नागरिकलाई भारतको भर पर्नु परेको छ । नेपाल भारतसंग जोडिएको यो गाउँमा खाद्यन्न देखि लिएर तत्ता कपडा सबै सिमाना जोडिएको भारतमा जानुपर्ने बाध्यता रहेको छ । सोही गाउँकी सम्झना सिह ठकुरीले खाना,कपडा,स्वास्थ्यसेवा लगाएतका सबैजसो सेवा लिन भारत जानुपर्ने बाध्यता रहेको बताइन् । खाङग्रानाकामा विजुली वत्ति छैन, फोनको टावरले काम गर्दै, भारतीय सीमले काम गर्छ आफन्त जती सबैले नेपाली सीम प्रयोग गर्ने भएकाले फोन महँगो भएको उनले बताइन् । ६५ घरधुरी रहेको सो गाउँका सबै नागरिकले प्रयोग गर्ने एउटै इनार छ । मंङ्सिर महिनामै इनारको पानीको सतह घटेको छ । इनार सुक्यो भने खोलाको पानी खानुपर्ने बाध्यता छ । खोलाको पानी लिन एक घण्टा हिड्नुपर्ने बाध्यता रहेको छ । सधैं पानीको अभाव रहेको छ । अहिले खोला पनि सुकेको छ यसपाली चैत बैशाखमा पानीको हाहाकार हुने संकेत देखिएको उनले बताइन् । बत्तिको बिकल्पमा रोलार छ तर घाम लागेन भने त्यो पनि बल्दैन । नजिकमा विद्यालय छैन, एक घण्टा हिडेर बालबालिका विद्यालय जानुपर्ने बाध्यता रहेको छ ।
सोही गाउँकी मंगलादेबी खत्री यहाँ बस्न थालेको २० वर्ष भयो । उनले अहिलेसम्म पानी,बत्ति र फोनको दुख भोग्दै आएको बताइन् । राजपुरको खाङ्ग्रानाकाबाट दाङको लमही बजार जान भन्दा भारतिय बजार जान नजिक पर्ने उनले बताइन् । नुन,तेल देखि सम्पूर्ण बस्तु भारतबाट ल्याउनुपर्ने बाध्यता रहेको छ । नेपालका नागरिक हौ तर सुबिधा भारतको लिएका छौ,उनले भनिन् । वडा नम्वर ६ मा एकीकृत स्वास्थ्य सेवा इकाइ छ तर त्यहाँ प्रसस्त मात्रामा औषधि छैन । स्वास्थ्य सेवा लिन भारत जानुपर्ने बाध्यता रहेको उनले बताइन् । सुत्केरी सेवा लिन भारतिय एम्वुलेन्सको प्रयोग गरेर उतै जाने गरेका छौ, उनले भनिन् ।
राजपुर गाउँपालिका अध्यक्ष शरद बुढाथोकीले नागरिकको सेवामा खटिईरहँदा अझै पनि विभिन्न समस्या र चुनौति रहेको बताए । जटिल भौगोलिक बनावट, बाटोको असुबिधा, अशिक्षा र अन्धविश्वासका कारण नागरिक सचेतनाको प्रयास निरन्तर रहेको बताए । वडा कार्यालय, स्वास्थ्य संस्था तथा विद्यालयहरुमा न्युन जनशक्ति, अप्रर्याप्त पुर्वाधार, भारतसङ्ग खुल्ला सिमाना, जनसहभागितामा कमि, गाउँपालिकाको क्षेत्रभित्र आवश्यक रोजगारमुलक उद्योगधन्दा, कलकारखाना नभएकाले पालिकाका नागरिकलाई सुबिधा पुराउन नसकेको बताए । गाउँपालिका क्षेत्रमा खानेपानी तथा सिचाईको अझै पनि उचित व्यवस्थापन हुन नसकेका कारण नागरिकलाई समस्या भएको उनको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?