Butwal Today

सुनको मुल्य सामान्य बढयो, चाँदीको भाउ स्थिर

२ पुष २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, २ पुस ।

निरन्तर ओरालो लाग्दे आएको सुनको मुल्य मंगलबार भने बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य तोलामा २ सय रूपैयाँले बढेको छ । जसअनुसार आज १ लाख ५१ हजार ४ सय रूपैयाँमा कारोबार भइरहेको छ । हिजो तोलामा १ लाख ५१ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

 

उता, चाँदीको मूल्य भने स्थिर छ । हिजो झै आज पनि चाँदी तोलाको १ हजार ८ सय ४० रूपैयाँमा कारोबार भइरहेको छ ।