Butwal Today

रबि लामिछानेलाइ अदालत लगियो, १ अर्ब ५१ करोड बीगो मागसहित मुद्दा दर्ता हुने

२ पुष २०८१, मंगलवार
अ+
अ-

कास्की, २ पुस ।

पुर्व उपप्रधान तथा गृह मन्त्री रबि लामिछानेलाइ अदालत लगिएको छ ।

 

रास्वपा सभापतिसमेत रहेका लामिछानेसहित ५ जनालाई कास्की जिल्ला अदालत उपस्थित गराइएको छ ।

 

लामिछाने माथी सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरण गरी तीनवटा मुद्दा दर्ता गराउने तयारीमा प्रहरी पुगेको छ । अनुसन्धानका अझै जारी रहेको भन्दै आज म्याद थपका लागि अदालत लगिएको हो ।

 

डीएसपी वसन्तकुमार शर्माले सञ्चारकर्मीलाइ दिएकाे जानकारी अनुसार कास्की अदालतमा सूर्यदर्शन सहकारी ठगीमा संलग्न ठानिएका लामिछानेसहित ५१ जना प्रतिवादी र १ अर्ब ५१ करोड बीगो माग गरिने भएकाे छ ।