ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

मायादेवी सुत्केरी मार्गमा लेडि बाईक राईडिङ्ग

२ पुष २०८१, मंगलवार
२ पुष २०८१, मंगलवार

कपिलवस्तु, २ पुस ।
लुम्बिनी देखी कपिलवस्तु सम्मको माता मायादेवी सुत्केरी मार्गमा १० जना लेडी बाईक राईडरले बाईक राईडिङ्ग गरेका छन । राजा शुद्धोधनकी महारानी मायादेवी सुत्केरी भई राजकुमार सिद्धार्थलाई लिएर राजदरबार फर्केको बाटोमा महिला बाईक राईडरको समुह (दुई पाग्रें क्विन्स) ले शान्ति यात्रा गरेका हुन । लुम्बिनीदेखि तिलौराकोटसम्मको ३९ किलोमिटर दुरीको सुत्केरी मार्गलाई नयाँ पर्यटकीय गन्तब्य बनाई प्रचारप्रसार गर्ने उद्देश्यले १० जना लेडी राईडरले यात्रा पुरा गरेका हुन । लुम्बिनीको मायादेवी मन्दिरबाट शुरु भएको यात्रा पडरिया, बिजुवा, सिसहनिया, दोहनी, अरौराकोट, निग्लिहवा, टुईनस्तुप हुदै तिलौराकोट सम्म पुगेको थियो ।
बुद्धिष्ट सर्किट डट कमको आयोजनामा उनीहरूले धुलौटे, ग्राभेल, खेत, कुलो र कालोपत्रे बाटो हुदै ४ घण्टा लगाएर करिब ३९ किमी बाटो यात्रा गरेका थिए । काठमाडौंबाट बाईक राईड गर्दै आएका उनीहरूले नयाँ कामको सुरुवात गर्न पाएका खुसी ब्यक्त गरेका छन् । माता मायादेवी सुत्केरी मार्गमा बाईक राईडिङ्ग गरेर मार्गको प्रचार प्रसार कार्यलाई प्रबद्र्धन गरेको लेडि बाईक राईडर टिमकी लिडर सोनम शाहीले बताईन । बाईक राईडिङ्गका क्रममा मार्गको दृश्य संकलन गरि डिजिटलाईज गरेर सुचना प्रबिधी मार्फत प्रचारमा सहयोग पुर्याउने लक्ष्य राखिएको उनले बताईन । “भविष्यमा अन्तर्राष्ट्रियस्तरका लेडि राईडरलाई समेत सरिक गराएर सो मार्गको प्रचारलाई बिश्वव्यापी बनाउन सहयोग गर्छौ ।” टिम लिडर शाहीले भनिन ।
लुम्बिनी विकास कोषका सद्भावना दूत तथा पर्यटन उद्यमी विक्रम पाँडेकाजीले माता मायादेवी सुत्केरी मार्गलाई तिर्थयात्रा गन्तब्यको रूपमा बिकास गर्ने योजना अनुसार सो मार्गमा लेडि बाईक राईडिङ्ग गराईएको स्पष्ट पारे । संसारका ५० करोड महिला बुद्धमार्गीको आस्थाको स्थल लुम्बिनी र कपिलवस्तु रहेको उनले बताए । लुम्बिनीमा आएका पर्यटक राजा शुद्धोधनको दरबार सम्म पुग्न नसकिरहेको अवस्थालाई मध्य नजर गरि नयाँ पर्यटकिय प्रोडक्टको रूपमा माता मायादेवी सुत्केरी मार्गलाई तिर्थयात्रा गन्तब्यको रूपमा प्रचार शुरु गरिएको परिकल्पनाकार पाँडेकाजीले बताए । “बिश्वमा माता वा छोरीको नामका तिर्थस्थलहरू नभएको सन्दर्भमा पनि माता मायादेवी सुत्केरी मार्गको प्रचार प्रसारलाई बिश्वव्यापी बनाउन सकिए र सो मार्गमा पैदलयात्रा गर्ने महिला बौद्धमार्गीलाई ३ दिनको यात्रा प्याकेज बनाउन सकिए पर्यटन र अर्थतन्त्र बिकासमा टेवा पुग्ने देखेको छु ।” उनले भने ।
माता मायादेवी सुत्केरी मार्गको परिकल्पना गरेर लुम्बिनी विकास कोषका सद्भावना दूत विक्रम पाँडेकाजीले लुम्बिनी र कपिलवस्तुको बिकासमा भुमिका खेलेको लुम्बिनी बिकास कोषका बरिष्ठ निर्देशक ज्ञानिन राईले बताए । सो रुटलाई स्थापित गराउनका लागी प्रचार प्रसार आवश्यक रहेकोमा राईले जोड् दिए । लुम्बिनी र कपिलवस्तुको पर्यटन प्रबद्र्धन गर्न माता मायादेवी सुत्केरी मार्गको बिश्वव्यापी प्रचार प्रसार आवश्यक रहेको र सञ्चार क्षेत्रले प्रचार प्रसारमा भुमिका खेल्ने लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?