ट्रेंडिंग:

>> लैङ्गिक हिंसा रोक्न कानुनको पालना र कर्तव्य नर्बिसौं >> भ्रष्टाचार नियन्त्रणमा युवाहरूको चिन्ता  >> एजेन्टको आन्दोलनले भन्सारको राजस्व प्रभावित >> राहतबारे अनविज्ञ छन् किसान >> एनपीएलमा आजदेखि प्लेअफका खेलहरु सुरु हुँदै >> सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : जाँचबुझ आयोगमा अदालतले हस्तक्षेप गर्न मिल्दैन >> कतारमा निःशुल्क “स्वास्थ्य परीक्षण अभियान” कार्यक्रम हुँदै >> कुलमानलाई सर्वोच्च अदालतको धक्का, हितेन्द्रदेव शाक्य प्राधिकरणमा पुनर्स्थापित >> अख्तियारद्वारा पक्राउ परेका इन्जिनियर यादव घुस प्रकरणमा दोषी ठहर >> बुटवलमा पुस १४ देखि नवौं जिल्लास्तरीय खुल्ला स्नूकर प्रतियोगिता >> सञ्चारमन्त्री खरेलद्वारा एनसेल डाटा सेन्टर अवलोकन, लगानीमैत्री वातावरण निर्माणमा सरकार प्रतिबद्ध >> साढे ५७ लाख रुपैयाँसहित हुन्डी कारोबारी पक्राउ >> एनसेलद्वारा नयाँ ९७१ नम्बर रेन्जको मोबाइल नम्बर वितरण सुरु >> समुदाय केन्द्रित सरसफाइ सम्पन्न  >> १८ औँ निर्माण दिवसमा दीप प्रज्वलन निर्माण व्यवसाय मुलुक विकासको मेरुदण्ड हो: अध्यक्ष भुसाल >> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ

फेरि डुंगाकै भर

बाढीले पुल बगाएपछि नदी तर्न डुंगाकै भर पर्नुपर्छ । डुंगाबाट आवतजावत गर्न मोटरसाइकलको १५, साइकलले १० बाख्राको १०, कुखुराको ३ र मानिसको १० रूपियाँका दरले रकम तिर्नुपर्ने बाध्यता छ ।
२ पुष २०८१, मंगलवार
२ पुष २०८१, मंगलवार

बर्दिया, २ पुस ।
जब्दीघाटमा भत्किएको पुल निर्माण नहुँदा स्थानीयले सास्ती भोगिरहेका छन् । गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दी पुल निर्माण हुन नसक्दा स्थानीयले सास्ती भोग्नु परेको हो । २०७९ असोज २२ गते आएको बाढीले पुलको तीन वटा स्पान बगाएको थियो । बादीले बगाएको सो स्पान हालसम्म निर्माण हुन सकेको छैन । जसका कारण स्थानीयवासीहरू जोखिम पूर्ण यात्रा गर्न बाध्य छन् । स्थानीयले आवतजावत गर्न डुङ्गाको प्रयोग गर्नु परेको छ ।

बारबर्दिया नगरपालिका –११ की माया थारूले पुल नहुँदा गुलरिया अस्पताल जान, र अन्य सरकारी कार्यालयमा जाँदा निकै समस्या भोग्नु परेको बताईन । बनेको पुल भत्किए पछि ५ मिनेट बाटो पनि आधा घण्टा लाग्ने गरेको छ । बिरामी हुँदा वा अन्य काममा जाँदा धेरै समय खर्च हुन्छ । नदीमा आवतजात गर्न समेत पनि पैसा तिनुपर्छ उनले बताईन ।

त्यसैगरी बारबर्दिया–१० की खुशी राम थारूले बिरामी भएर अस्पताल जानु परेमा नदी तरेर जानुपर्छ । रातमा कोही बिरामी हुँदा झनै समस्या हुन्छ रातमा डुङ्गा चढेर आउन जान जोखिम हुन्छ  भने डुङ्गा चढेर हिँड्न समेत झन समस्याको बताए । बारबर्दिया –४ रामपुरका बाशुदेव ज्ञवालीले डुङ्गा राखेर यात्रा गर्दा निकै जोखिम हुने गरेको बताए । उनले भने, ‘घरआँउदा जाँदा साथमा मोटरसाइकल दुईवटा छोरा हुन्छन् । मोटरसाइकलको सुरक्षा गर्ने की छोराहरूको । मनमा सधै त्रास हुन्छ । नदी वारपार गर्न समेत जोखिम हुन्छ ।’

करिब चार सय २५ मिटर पुल हस्तान्तरण नहुँदै २०७४ साउन २९ गते पुलका दुईवटा स्पान भासिएको थियो । पुलको स्पान भासिएको भए पनि पुलबाट साना सवारीसाधनका, मोटरसाइकल, साइकल, अटो सहज रूपमा ओहरदोहर गर्दै आएका थिए । २०७९ असोज २२ गते आएको बाढीले पुलको तीन वटा स्पान बगाए पछि आवतजावत नै पूर्णरूपमा बन्द भएको हो । बाढीले पुल बगाएको पनि सात वर्ष भन्दा बढी समय हुँदा समेत निर्माण हुन नसकेको बारबर्दिया नगरपालिका ५ का वडा अध्यक्ष लालबहादुर चौधरी बताए । उनले पटक पटक मन्त्री र सांसद आएर पुल निर्माण गर्ने प्रतिबद्धता गरे पनि आजसम्म पुल निर्माण हुन नसकेको बताए ।

बाारबर्दियाका नगरपालिकाका प्रमुख छविलाल थारूले पुल निर्माणको लागि यस वर्ष एक करोड सङ्घीय सरकारले बजेट छुट्टाए जानकारी दिए । उनले पुल भत्किएपछि पुल निर्माण गर्ने कम्पनीलाई अख्तियारमा मुद्दा परेको कारण सो स्थानमा पुल बन्न नसक्ने भन्दै सरकार बारबर्दिया ११ र गुलरिया ४ जोड्न सोही नदीको आसपासमा बबई नदी पुल भनेर योजना अगाडि बढाएको भएपनि सरकारले व्यवस्थापन गरेको बजेट अपुग रहेको बताए । ‘सरकारले बबई नदीमा पुल हाल्नका निम्ति डिपीआरको काम अगाडि बढाएको छ । तर सरकारले व्यवस्थापन गरेको बजेट पुल निमार्णका काम अगाडि बढ्न सक्दैन् । पुल निर्माण गर्नका लागि थप बजेटको व्यवस्था पुल निमार्ण काम बढाउन आग्रह पनि गरे ।’
बारबर्दिया नगरपालिकाले डुङ्गा सञ्चालनको लागि २१ लाखमा ठेक्का दिएको छ । डुङ्गामा आवतजावत गर्दा मोटरसाइकलको १५, साइकलले १० बाख्राको १०, कुखुराको ३ र मानिसको १० रूपियाका दरले रकम तिर्नुपर्ने बाध्यता रहेको छ । बिरामी, विद्यार्थी, सर्वसाधरण, कर्मचारी, शिक्षक गरी दैनिक १ हजार भन्दा बढी मानिसहरू डुङ्गामा आवतज(ावत गर्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?