Butwal Today

जुवातास खेल्दा १७ जना पक्राउ, नगद र ओखर बरामद

२ पुष २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, २ पुस ।
कागेश्‍वरी मनोहरा नगरपालिका–४ डाँछी नयाँगाउँस्थित खाली जग्गामा जुवा खेलिरहेको आरोपमा १७ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा ३३ वर्षीय हस्तबहादुर तामाङसमेत रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले नगद १ लाख ६५ हजार ४ सय रुपैयाँ र १९ दाना ओखर सहित उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ परेकाहरूविरुद्ध जुवातास खेल्न नहुने कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।