Butwal Today

आज यी तीन प्रदेशमा हिमपातको सम्भावना

२ पुष २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

आज (मंगलबार) गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रमा हिमपात हुने सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रका एक/दुई स्थानमा हल्का हिमपात हुने सम्भावना देखिएको हो।

यसबाहेक देशका अन्य प्रदेश तथा स्थानमा भने मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ।