ट्रेंडिंग:

>> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई

फेरी बन्द नहोस् अन्तर्राष्ट्रिय उडान

१ पुष २०८१, सोमबार
१ पुष २०८१, सोमबार

भैरहवास्थित अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएसंगै उडानलाई लिएर अनेक आशंका जन्मिएका छन । अन्तर्राष्ट्रिय उडान धेरै दिन नटिक्ने दावी केही क्षेत्रबाट प्रकट भएको छ । यो विमानस्थल नचलोस् भन्नेहरूको दरिद्र मानसिकताको उपज हो । विमानस्थल भिजिबिलिटीको समस्या भोगिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा आरएनपी एआर प्रणाली जडान नहुँदा जाडोयाममा कुहिरोका कारण समस्या भएको हो । केही महिना अन्तर्राष्ट्रिय उडान प्रभावित भैरहँदा विमानस्थल नै बन्द भएजस्तो गरी कुप्रचार गरिनु नियोजित मानसिकताको उपज हो । ढिलै भएपनि आईएलएस प्रणाली जडान गर्न भारतले अनुमति नदिएपछि नागरिक उड्ययन प्राधिकरणले आरएनपी एआर प्रणाली जडान गर्न लागेको छ । माघ महिनामा यो सिस्टम जडान भएपछि भिजिबिलिटीको समस्या समाप्त हुने विश्वास गरिएको छ । विश्वका धेरै देशका विमानस्थलहरूमा र वायुसेवामा प्रयोग भइसकेको यो प्रणाली भू–उपग्रहमा आधारित हुन्छ । उपकरणमा आधारित उडान अवतरण प्रणाली (आईएलएस) प्रविधिको विकल्पमा आरएनपी–एआर भनेर चिनिने प्रविधि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यसअघि नै प्रयोगमा आइसकेको छ । तसर्थ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नचलोस् भन्नेहरूको दिवा सपना कुनैपनि अवस्थामा पूरा हुन सक्दैन् । नेपाल नागरिक उडड्यन प्राधिकरणले आउँदो माघ १० गतेदेखि आरएनपी एआर प्रणाली शुरू हुने जनाएको छ ।

आरएनपी–एआर प्रणालीको सहायताले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा न्यूनतम आठसय मिटरको भिजिबिलिटीमा पनि जहाजहरू सहजरूपमा उडान र अवतरण हुनसक्ने छ । यो विमानस्थलमा जाडो महिनामा १२ सय मिटर भिजिबिलिटी हुने गरेको छ । अतः विमानस्थल चल्दैन कि भन्ने सपना बोकेर बसेकाहरूको सपनामा अव तुषारापात हुने निश्चित छ । सरकारले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनका लागि लिएको पहल अत्यन्त सार्थक र महत्वपूर्ण छ । सरकारले नचाहेको भए यो विमानस्थल गौचरन प्रमाणित हुने अवस्था थियो । पछिल्लोपटक भिजिबिलिटीको कारण देखाउँदै तीनवटा बिमान कम्पनीले तीन महिनाका लागि आंशिकरूपमा उडान स्थगन गरेपनि यसैलाई तिललाई पहाड बनाउने काम नगरौं । पर्यटक नेपाल आउने याममै काठमाण्डौंको त्रिभुवन अन्तर्राष्ट्रिय पिमानस्थल मर्मतका लागि दैनिक १० घन्टा बन्द हुँदा चिन्तित पर्यटन व्यवसायीमा भैरहवामा अन्तर्राष्ट्रिय उडान सुरु हुनु उत्साहको कुरा हो । त्यसो त सरकारको प्रोत्साहनकै कारण भैरहवामा उडान सुरु गर्न वायुसेवाहरू तयार भएका हुन् । अवको दिनमा भैरहवाबाट अन्तर्राष्ट्रिय उडान निरन्तर गर्न वायुसेवाहरूलाई प्रोत्साहित गर्नुपर्ने अवस्था छ भने अर्कातिर हालका दिन बढेको हवाई भाडा नियन्त्रण गर्नुपर्ने बाध्यता पनि सरकारमाथि छ । धेरैले काठमाडौंस्थित त्रिभुवन विमानस्थल मर्मत सकिएपछि भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडान बन्द हुने दिवासपना देखेका छन तर त्यो संभव छैन् । काठमाण्डौं पछि भैरहवाबाट अन्तर्राष्ट्रिय उडान समय र यात्रुको मागपनि हो । तसर्थ भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल संचालनको निरन्तरतामा कुनै प्रश्न र आशंका जन्मिनु हुँदैन । पछिल्लोपटक गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सम्बद्ध कर्मचारीले नै यो विमानस्थल धेरै चल्दैन भनेर हल्ला फैलाएको भन्दै गलत कुरा बाहिर आयो । त्यो सरासर गलत हो । अव कुनैपनि बहानामा अन्तर्राष्ट्रिय उडान रोकिने अवस्था आउनु हुँदैन । त्यसका लागि नेपाल सरकारले ध्यान दिनु जरुरी छ । भैरहवाबाट अन्तर्राष्ट्रिय उडान हुनु भनेको नेपालको पर्यटन क्षेत्रमा कायापलट हुनु हो । विश्वका एक अर्ब बढी बौद्धमार्गीहरूका लागि लुम्बिनी आस्थाको केन्द्र हो । लुम्बिनी नजिक रहेको यो क्षेत्रबाट अन्तर्राष्ट्रिय उडान हुँदा लुम्बिनी आउने पर्यटक समेत खुसी भएको अवस्था छ । साँच्चै भन्नुपर्दा गौतमबुद्ध अन्तर्राष्ट्रिय बिमानस्थलले यस क्षेत्रमा उत्साहको सञ्चार गरेको छ । यहाँका उद्योगी व्यवसायी, पर्यटन व्यवसायी सवै अन्तर्राष्ट्रिय उडानबाट उत्साहित भएका छन् । अव यसको स्थायित्वमा पनि यहाँका आम सरोकारवालाको ध्यानाकर्षण जरुरी छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?