Butwal Today

सोमबार पनि सेयर बजार लाग्यो ओरालो

१ पुष २०८१, सोमबार
अ+
अ-

काठमाडौं, १ पुस ।

आज पनि सेयर बजार (नेप्से) ओरालो लागेको छ । सोमवार ५१.३७ अंकले बजार घट्दा परिसूचक २६३१ बिन्दुमा ओर्लिएको छ । आज मात्रै २२७ कम्पनीको सेयर मूल्य घटेको छ ।

कारोबार रकमका हिसाबले आज एनआरएन इन्फ्रास्ट्रक्चर पहिलो नम्बरमा रह्यो । यसको २६ करोड ४५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

सोमबार कुल १ करोड २७ लाख ४५ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ५ अर्ब ९३ करोड ५६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।