Butwal Today

महिला यू-१९ एसिया कपमा नेपालले पाकिस्तानलाई हरायो

१ पुष २०८१, सोमबार
अ+
अ-

काठमाडौं ।

यू–१९ महिला एसिया कपमा नेपालले पाकिस्तानलाई हराएको छ ।

पाकिस्तानले दिएको १०५ रनको लक्ष्य नेपालले ४ विकेटको क्षतिमा भेट्टाएको हो । नेपालकी कप्तान पूजा महतोले अविजित सर्वाधिक ४७ रन बनाइन् ।

मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रनको योगफल तयार पारेको थियो ।

पाकिस्तानका लागि कोमल खानल ३८, महम एनिसले अविजित १९, राभाली फरानले १३  र जोफिशान अयाजले १२ रन बनाए ।नेपालका लागि कप्तान पूजा महतोले दुई तथा रचनाकुमारी चौधरी, रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए ।