Butwal Today

पेट्रोलको मूल्य बढ्यो, डिजेल-मट्टितेलको घट्यो

१ पुष २०८१, सोमबार
अ+
अ-

काठमाडौँ ।

नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ।

सोमबार विहान १ बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य २ रुपैयाँ बढेको तथा डिजेल र मट्टितेलमा प्रतिलिटर २ रुपैयाँ घटेको निगमले जनाएको छ।

निगमका अनुसार अब काठमाडौंमा पेट्रोदलको मूल्य प्रतिलिटर १६२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेलको १५१ रुपैयाँ पर्नेछ।