Butwal Today

पीएल सिंहको निधनमा महानगरले दियो शोक बिदा

१ पुष २०८१, सोमबार
अ+
अ-

काठमाडौँ, १ पुस।

काठमाडौँका पूर्वमेयर पीएल सिंहको निधनमा काठमाडौँ महानगरपालिका र मातहतका कार्यालयहरूमा शोक बिदा दिईएको छ।।काठमाडौं महानगरपालिकका संस्थापक मेयर तथा पूर्वमन्त्री समेत रहेका सिंहको आज बिहान निजी निवासमा निधन भएको थियो ।

केही दिन अघि मात्र उनलाई महानगरपालिकाले विशेष सम्मान गरेको थियो। आजै उनको अन्त्यष्टी गरिनेछ।  उनको पहलमा २०५२ मंसिर २९ गते काठमाडौं महानगरपालिका घोषणा गरिएको थियो।